काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले चुनावी गठबन्धनबारे केन्द्रीय समितिबाट निर्णय गर्ने भएको छ । ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकले चुनावी गठबन्धन नगर्ने आशयको प्रस्ताव पारित गरे पनि यसबारे केन्द्रीय समितिले निर्णय गर्ने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताउनुभयो ।
यसअघि महामन्त्री गगन थापाको चुनावी गठबन्धन नगर्ने प्रस्ताव महासमितिको बैठकबाट पारित भएको थियो । तर, गठबन्धन नेताहरूको सुझावको आधारमा अघि बढ्ने उहाँले बताउनुभयो । ‘विशिष्ट परिस्थितिमा गठन भएको गठबन्धनमा पाँच वर्षको सर्तको साथ बनाएको हो । गठबन्धनमा थप इमानदार हुँदै निरन्तरता दिने भन्ने परेको छ,’ उहाँले भन्नुभयो, ‘बाहिर विभिन्न टीका टिप्पणी भइरहेका छन् ।’
महामन्त्रीजीले पनि सबैको धारणा सुनेपछि चुनावी गठबन्धनबारे केन्द्रीय समितिबाट निर्णय भएको उहाँले बताउनुभयो । गठबन्धनलाई निरन्तता दिएर यही सरकारबाट सुशासनको परिकल्पना गरिएको उहाँले बताउनुभयो । महासमितिको बैठकको निर्णय परिमार्जनसहित केन्द्रीय समितिले पारित गर्ने उहाँको भनाइ थियो ।
‘आगामी निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्नेमा के गर्ने भन्ने ? ६३१ जनाले धारणा व्यक्त गर्दा त्यसभित्र लुकेका सामूहिक भावना आएका छन् । त्यसबारे केन्द्रीय कार्यसमितिले परिमार्जनसहित पूर्णता दिन्छ,’ उहाँले भन्नुभयो । गठबन्धन चुनावअघि गर्ने कि पछि भन्ने विषयमा कुरा उठे पनि नगर्ने भन्ने विषयमा कतै पनि नउठेको उहाँले बताउनुुभयो । ‘प्रि इलेक्सन गरेको गठबन्धनप्रति इमानदार हुने कुरा स्वयं जसले गठबन्धन गर्नु हुँदैन भन्नुभयो भन्ने प्रचार गर्दै छौँ । उहाँले नै गठबन्धनप्रति इमानदार हुने भन्नुभएको छ । त्यो भनेको गठबन्धन गर्ने भनेको होइन र ?’ उहाँले भन्नुभयो ।
कांग्रेसले शान्ति प्रक्रियाका बाँकी काम, संक्रमणकालीन न्यायका विषय चाँडै टुंग्याउने प्रतिबद्धता जाहेर गरेको छ । किसान, सहकारी बचतकर्ता, मिटरब्याज र लघुवित्त पीडितहरूले भोग्दै आएका पीडालाई अविलम्ब समाधान गरी पीडितलाई न्याय दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाको सांगठनिक, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव पारित गरेको थियो ।
बैठकमा बोल्नेको संख्या ६३१ मात्र
नेपाली कांग्रेसको महासमिति बैठकमा २५ प्रतिशत महासमिति सदस्यले मात्र आफ्नो धारणा राख्न पाएका छन् । फागुन ७–१० मा चलेको महासमिति बैठकमा २३७३ जना महासमिति सदस्य रहेकोमा ६३१ जनाले मात्र धारणा राखेका हुन् । कांग्रेसले महासमिति बैठकमा करिब ६० प्रतिशत महासमिति सदस्यको रायसुझाव लिने दाबी गरेको थियो । कांग्रेस प्रचारप्रसार विभाग प्रमुख मीन विश्वकर्माले २५ प्रतिशतले महासमिति सदस्यले मात्र सुझाव दिएको दिएको बताउनुभयो ।
महासमिति सदस्यलाई समूहगत छलफलका लागि चार समूहमा विभाजन गरेको थियो । कोशी–सुदूरपश्चिम समूहबाट १६१, मधेश–कर्णालीबाट ११८, बागमती–गण्डकीबाट १८८ र लुम्बिनी, भ्रातृ तथा शुभेच्छुक संस्था, नेपाली जनसम्पर्क समितिबाट १३३ जनाले धारणा राखेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच