उखान झुुप्पा, फगत हुन् त विभ्रमका मुुक्का !

बद्रीप्रसाद दाहाल
Read Time = 18 mins

निबन्ध :
संसारका हरेक जिउँदा भाषाभाषिकाहरूमा ‘उखान’ अभिव्यक्तिलाई सशक्त, समृद्ध श्रवणप्रिय र स्पष्ट पार्ने खुुबी भएको सूूक्ति वा आप्त वचनको रूपमा चिनिन्छ । जसमा लोकजीवनले चलनचल्तीमा ल्याएका पुर्खाहरूका घतलाग्दा आनुुभविक चुुड्किला, भनाइ, उक्ति वैचिœयता, आहान, कहावत नै उपाख्यान वा उखान भनेर उखानकोषकार, साहित्यसाधक र भाषाशास्त्रीहरू बताउँछन् । शब्दमा वाच्यार्थ, लक्षणार्थ र व्यञ्जनार्थ गरी तीन शक्ति हुन्छन् । वाच्यार्थ भन्नाले शब्दको नियत वा निश्चित अर्थ, अभिधेयार्थ मुखर गर्ने, कारक तथा क्रियाको बीच लप्पनछप्पन नगरी सम्बन्ध रहनेसिधा भनाइ हो । तर, लक्षणार्थ भने यसविपरीत माथि उठेर साहित्यमा सामान्य अर्थदेखि पृथक् सम्बन्ध वा अभिप्राय लिई अर्कै आसय वा मर्म प्रकट गर्न सामथ्र्य राख्ने शब्द शक्ति मानिन्छ ।

त्यसैगरी व्यञ्जनार्थले घुमाउरो शैली वा व्यङ्ग्यात्मक पारामा भाव व्यक्त गर्ने हैसियत राख्दछ, जसलाई शब्दशास्त्रमा व्यञ्जनावृत्ति भनेर पुकारिन्छ । यी तीन थरी शब्दार्थले वाक्यहरूलाई पृथक्—पृथक् तागत दिने क्षमता राख्छन् भन्ने दाबी विज्ञजनहरूको छ । यसैले त त्रिशक्ति, त्रिदेव, त्रिगुण र त्रिपुर भएर ठडिएका छन् अभिधा, लक्षणा तथा व्यञ्जना । सिर्जनाका विविध विधामा खुुट्टा घुमाएर टिकटकका परीझैँ पुुठ्ठा नचाउन सफल देखिएको ‘हास्यव्यङ्ग्य’: उखान, टुक्का, मुहावरा, आनुप्रासिकता, तुकबन्दी, अनुकरणात्मक, झर्रा र देशज शब्दविना भाषाशैलीमा हुरीबतासै मडारिन्छ । अनि त भुटुन, नुन, मसला र खोर्सानी नभएको तर्कारी, अमिलो पिरो नमिलेको अचार वा घुम्टी नओडेकी नवबधूूजस्तै खल्लो, लाटो सफा अनुहारमा खत वा टाटोझैँ पो हुनपुुग्छ त ! जानीनजानी यो क्षेत्रमा हातहाल्न थालिहालियो ।

व्यङ्ग्यकारको फुुर्को थपिदिएर उपनामको लुर्कोमा सिँगारपटार गरिदिए पत्रकार, समीक्षक मिडिया र पुरस्कार गुठीहरूले पनि । तर, अहिले आएर यो लेखन मजस्ता कतिपयका लागि फलामको चिउरा, काउसाको भारी भएको छ । छेडखान गर्दा जतिसुकै होसियार भए पनि छिद्रान्वेषकको दोष भिरिने भएरै होला स्कटल्याण्ड निवासी ‘थोमस कार्लायल’ जो भिक्टेरियन युुगका (इ.सं.१७९५—१८८१) लब्ध प्रतिष्ठित उम्दा इतिहासकार, दार्शनिक एवं बलिया व्यङ्ग्यहस्ती थिए । उनले आजभन्दा एकसय पचास वर्षअघि आफ्नो लामो व्यङ्ग्यलेखनको अनुुभवपछि यस्तो बोकलेका रहेछन् ः ‘व्यङ्ग्य वा छेडखानी मेरो विचारमा शैतानको भाषा हो, त्यसैले यसलाई मैले छोडिदिएको छुु’ ।

व्यङ्ग्यकारको फुुर्को थपिदिएर उपनामको लुर्कोमा सिँगारपटार गरिदिए पत्रकार, समीक्षक मिडिया र पुरस्कार गुठीहरूले पनि । तर, अहिले आएर यो लेखन मजस्ता कतिपयका लागि फलामको चिउरा, काउसाको भारी भएको छ ।

तर, मूूर्धन्य निबन्धकार एडिसनले भने : ठट्टयौली शैलीमा मुुटुलाई हल्का बनाउने तागत हुन्छ व्यङ्ग्यसित भनेर मीमांसा गरे भने अर्का निबन्धकार जोन्सनले ‘जनताबाट हमेसा प्रकट हुने सूत्रात्मक भनाइ’ भनी सम्मान दिए । हिन्दीका व्यङ्ग्यसारथि डा.बर्सनीलाल चतुुर्वेदीको शब्दमा : आलम्बनप्रति तिरस्कार उपेक्षा या भत्र्सनाको भावना लिएर हुर्कने विधा नै हास्यव्यङ्ग्य हो । नेपाली हास्यव्यङ्ग्यका तारा भैरव अर्यालको शब्दमा : यसले मनोभञ्जन, मनोमञ्जन गरी औचित्य र अस्वाभाविकताको विरुद्ध औचित्य र स्वाभाविकताको आग्रह गर्छ, मानवीय दुुर्बलता र दुुष्प्रवृत्तिको खिसी गर्दै सुधारको सङ्केत दिन्छ । यी विभिन्न वाक्दृष्टिलाई मनन गर्दा व्यङ्ग्य लेखन कम्सल र असल पक्षलाई केलाएर समाजको रूपान्तरणमा अब्बल भूूमिका निर्वाह गर्नुु हो भन्ने बुुझिन्छ ।

हास्यव्यङ्ग्यलाई प्राण भर्ने काम उखानटुक्काको हो । त्यसैले त नेपालीमा उखान, आहान, आन, किस्सा, लोकवेदका ऋचा, लोकोक्ति भनेर अथ्र्याइन्छ । अङ्ग्रेजीमा ‘प्रोभर्व’ अर्थात् जनोक्ति वा कहावत भनिन्छ भने हिन्दीमा कहावत, र लोकोक्ति । त्यसैगरी संस्कृतमा सुुभासित, बङ्गालीमा प्रवाद वा जनश्रुति, गुजराँतीमा उखाणुु, गढवालीमा उक्खाण वा पखान आदि नामले सम्बोधन गरिन्छ । यसरी कतिपय जातिगत घृणा, लैंगिक विषमता, सभ्यतामा हावाहुरी चलाउने र नाता र सम्बन्धमा वैमनष्यता विष्ट्याउने खालका लोकोक्ति प्रयोग गरेर व्यङ्ग्य लेख्दा कतै वीरभद्रले दक्ष प्रजापतिको यज्ञ विध्वंस गर्ने क्रममा भगदेवको आँखा झिकेझैँ भृगुकोदाह्री उखेलेझैँ पूूषाको दाह्राहरू फुकालेरदिउँसै तारा देखाएझैँ पो पार्छन्कि भन्ने भीतिले व्यङ्ग्यलेखनको थितिमा फिटीफिटी सङ्कटकाल त लागुु हुँदैन ?

हे मेरी बास्सै ! किनकि प्रजातन्त्र आएको भनेर हल्ला गरेको पनि धेरै वर्ष भयो तर अधिकांश बुुज्रुकहरूको मनमा त्यो फुल्नफल्न नै असजिलो मानिराछ । सरकार र तमासा तमासाका गठबन्धनको आलोचना गर्ने अग्रगामी एवं प्रगतिवादी सोचलाई झोज मानेर प्रतिगामीको कित्तामा दर्ज गराइहाल्छन् शीर्षस्थदेखि पादस्थसम्मले हे नारन ! त्यसैले त आजको अग्रगामी भनिएको प्रणाली ‘हात्ती आयो हात्ती आयो फुस्सा, डढेको मुखलाई खुदो हालेको सातुु, नानीभन्दा आची ठूलो रातभरि करायो दक्षिणा हरायो पो भयो बा ! अनि त भर्तृहरिको ‘माने दैन्य भयं बले रिपुु भयं रूपे जरायाः भयम्’ त्यस्तै पिण्डस्थाने पिण्डम्, बाघको छालामा स्यालको रजाइँ भन्ने व्यञ्जनावाणीका झुप्पाले मुुक्का चलाएरगिज्याइरहेको आभास हुन्छ ।

यी कीर्तिशेष कलम्चीका कुरालाई ‘उहिलेको कुरा खुुइलिए अहिलेको कुरा फैलिए’ भनेर ताल न तुलको छलाङ मार्न पाइँदैन कि ? त्यसैले यथाशीघ्र उखानटुक्का सुधार आयोग गठन गर्न जोडदार माग छ । उखानका झुुप्पा फगत विभ्रमका मुक्का र रित्ता हुुक्का नबनाइयून् ।

हिजोआज नारीमैत्री र विमैत्री उखानहरूको पनि परिचर्चा चुलिएको कारण उखानहरू जहाँ पायो त्यहीँ प्रोगमा आउन हिचकिचाएका छन् उदाहरणको लागि केही यहाँ : ‘नारीको गहना लाज पुरुषको गहना विद्या, नारी रूपं पतिव्रता, आइमाईको उमेर नसोध्नू लोग्ने मान्छेको कमाइ नसोध्नूू, आइमाईको रूपै शत्रुु रूपै मित्रुु, आइमाईको शोभा बुलाकी र ढुम्री नेताको शोभा लाठी र मुुङ्ग्री, स्वास्नीको जात बेतको लौरो जता तान्यो उतै झुुक्ने साह्रै बबुरो, स्वास्नीको धन गन्दै नगन्, स्वास्नीको शृङ्गार लोग्ने, स्वास्नी मरेको बूढो र चिचिन्डो हलुका हुन्छ, स्वास्नीले पालेको गोरु र चोरले पालेको कुुकुुर, स्वास्नी ल्याउनूू छानेर गुरु थाप्नुु जानेर, स्वास्नीलाई मनाउन र फाँडो उमाल्न सजिलो हुन्छ, स्वास्नी कुटेको र आपूm ठगिएको भन्नुु हुुँदैन, स्वास्नीको पिसापमा बगेको, स्वास्नीको नातावालले खाई खाई छेर लोग्नेको नाताले च्याई च्याई हेर ।

उखानकोशका हजारौँ उखानहरू जाति, वर्ण, धर्म, लिंग, क्षेत्र, समाज, उमेर विमैत्री भएको कुरा देखाएर तप्का तप्काका समुुदाय हुँडलिएको देख्दा ‘धनञ्जये हाटक संपरीक्षा महारणे शस्त्रभृतां परीक्षा’ भनेझैँ पो हुने भइयो । धेरै अघिदेखि नारीविमैत्री नाताविमैत्री उखान प्रयोगमा आउनुुहुुन्न भनेर पैरवी गर्नेको जमात उत्तिकै छ भने जातिगत र लिंग गत आहानलाई मसानमै पुु¥याउनुुपर्ने वकालत पनि चर्कै भएर गुुञ्जिएको देख्दा पुराना उखानहरूको चिहान हुने त होइन ? भन्ने यक्ष प्रश्नले मेरो गिदी हुँडलेको छ । हुन त उखानपण्डितहरूले यसको सोझो अर्थ लगाउने होइन लक्षणा र व्यञ्जनाले लक्ष्यार्थ र व्यङ्ग्यार्थ पो दिन्छ त भनेर उखानलाई जोगाउने नीति पनि लिएका छन् ।

अब लागौँ ज्वाइँकै शब्द धरातल टेकेर पड्किएका उखान सुन्दा आमज्वाइँ समुदायका टाउका छड्किए भनेर उखानटुुक्कामा मुुक्का चलाउनुु पर्ने परिस्थिति आयो भने के गर्ने ? ल हेर्नोस् त : ‘ज्वाइँ जति बैगुनी र कुकुुरजति गुनी अरू कोही हुँदैन, ज्वाइँ न स्वाइँ अगुुल्टाले च्वाइँ, ज्वाइँ न स्वाइँ कोदाको रोटी च्वाइँ, ज्वाइँ न स्वाइँ टुप्पी समाती क्वाइँ, ज्वाइँ साह्रै असल छन् छोरीले जे भन्यो त्यही मान्छन् तर मेरो छोरा भने स्वास्नीको लहै—लहैमा लागेर बिग्रियो, ज्वाइँ लूूठो व्यर्थैको भूूटो’ आदि सुन्दा ज्वाइँमण्डली मण्डले भई छोरीबहिनी, नातिनीहरूलाई डिभोर्स गर्छुु भनेर हुक्काँ गरे भने ससुुराली मण्डली ट्वाँ पर्ने नाजुुक दशा आउँदैन र ? भनिएको छ (सदा वक्रः सदा त्रूूmरः सदा पूूजामपेक्षते । कन्याराशि स्थितो नित्यं जामाता दशमो ग्रहः ।।)

संस्कृतमा धेरै अघिदेखि चलनचल्तीमा आएर प्रख्यात भएको यो सुुभाषित वचनले पनि ज्वाइँ पदलाई यतिसम्म भित्तामा ठेलेर आहानको टुुक्काले बेसमारी मुुक्का हानेको छ कि यो जात राहुु र केतुुपछि आउने दसौँ ग्रह हो जो सधैँ बांगो, निर्दयी बनेर मान वा पूूजा चाहिरहन्छ । त्यसैले ज्वाइँ दज्र्यानीमा हुँडलो मच्चियो भने छोरी, बहिनी, नातिनी सबै पल्टनले माइती देशलाई कंगाल त बनाउँदैन ? गम्भीर समस्या छ । लैंगिक समानताको अत्याधुनिक युुगमा आएर पनि नारीविमैत्री उखान प्रयोगमा ल्याउनु सभ्यतामा घातक रोग भित्र्याउन हो भनेर बहस छेड्ने पनि धेरै भइसके । छोरी, बहिनी, आमा, संगिनी, श्रीमती विभिन्न नातामा बाँधिएका नारी शक्तिलाई अपमानित पार्ने उखानमा तीव्र विरोधको व्याख्यानमा अरू लिंगका समेत ताली पड्काउन थालियो । अनुुकूूल र प्रतिकूूल नारीसम्बन्धी केही उखान उदाहर—णार्थ केही पस्किन गइरहेको छु ।

यत्र नार्यस्तुु पूज्यन्ते रमन्ते तत्र देवता (जहाँ नारीको पूूजा वा सम्मान गरिन्छ त्यहाँ देवताहरू पनि रमाउँछन् ।) जहाँ स्त्री त्यहाँ श्री, आइमाई भएको घरमासह हुन्छ, आदि उखानले नारीमैत्री भाव प्रकट गरेका छन् । त्यसैले त नारीलाई महाकाली, महालक्ष्मी र महासरस्वतीको कार्यकारी प्रतिनिधिको रूपमा पनि परिचय गराइएको होला । श्रीमती, अर्धांगिनी, जीवनसाथी, गृहलक्ष्मी, घरकी बत्ती, आदि त्यसै फकाउन र फसाउनैको लागि भनिएको महात्म्य पक्कै होइन । नारीहरूले व्यावहारिक आचरण र उदाहरणबाटै स्थापित गरेको आदर्श हो यो । नारी विमैत्री भनिएका केही उखानतिर जाऊँ—आईमाईको पेटमा कुरा पच्दैन, रुद्रघण्टी (घाँटीको माझमा बाहिरपटि उठेको हाडको फुकुुन्डो) नहुनेको के विश्वास ?

नक्कली तरुनी सातवटा पोइ मर्न लागी कोही न कोही, आई बुढी मच्ँचदै गई बूढी थच्चिँदै, जब भयो राति अनि बुढी ताती । तीन गोरुको हल पक्का दुुई स्वास्नीको घर पक्का, बाह्र वर्षमा पोइ आयो मै राँडीलाई जरो आयो, तिम्रो पोइ लोते लोते कसले दियो पोते, ठाडो टीका लाउँछे स्वामीकहाँ धाउँछे, गनगने सासू फनफने बुहारी, ठूलो गाँस नहाल् बुहारी कण्ठश्री चुँडिएला आदि । अनि एकल महिलाविमैत्री भनी लाञ्छना लागेका : राँडीलाई पोतेको रहर, राँडीलाई ढोग मैजस्तो होस् भन्छे, गरिबलाई दिउँला नभन्नूू राँडीलाई लैजाउँला नभन्नूू, नामर्दको भर नपर्नू राँडीको भोज नखानूू आदि कहावत उनीहरू मानसिक घाउ कोट्याउने हुन्छन् भन्नेछ ।

गणतन्त्र सरकारका विश्वासे र आसे विभिन्न क्षेत्रका प्राज्ञ, शिक्षाविद्, विद्वान्, पत्रकार, प्राध्यापक, शिक्षक, न्यायमूर्ति, वैज्ञानिक, संस्कृतिविद् सबैले गणतन्त्रका गलगाँड बनेका कयौँ उखानलाई मसानतिर धकलेर नयाँ उखान भर्न पाए कसो होला ? किनकि पारसमणि प्रधानले धेरै वर्षअघि भन्नुुभएको थियो : ‘उखान भाषाको शरीर हो र जातिहरूका आनुुभविक सार’ । कृष्णप्रसाद पराजुलीले टुुक्काहरू लक्षणामूलकमात्र हुन्छन् भने उखान त व्यञ्जनाको समेत सामथ्र्य राख्छ, जो सूत्रात्मक, आनुुभविक र दृष्टान्तपरक हुन्छ । यी कीर्तिशेष कलम्चीका कुरालाई ‘उहिलेको कुरा खुुइलिए अहिलेको कुरा फैलिए’ भनेर ताल न तुलको छलाङ मार्न पाइँदैन कि ? त्यसैले यथाशीघ्र उखानटुक्का सुधार आयोग गठन गर्न जोडदार माग छ । उखानका झुुप्पा फगत विभ्रमका मुक्का र रित्ता हुुक्का नबनाइयून् । सुधार उदार भएर सुुन्दर मुहारमा आउनुुपर्छ यही हाम्रो गुहार ! गुुहार ! अस्तुु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?