‘कमिङ इन्टु द वल्र्ड’ पुस्तक बजारमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पुस्तक ‘कमिङ इन टु द वल्र्ड’ बजारमा आएको छ । आफ्ना बच्चाको हरेक पल भविष्यका लागि सम्हालेर राख्न सकिने पुस्तक ‘कमिङ इन टु द वल्र्ड’लाई कामना न्यूज पब्लिकेसन्स् प्रालिले बजारमा ल्याएको हो ।

कामना न्यूज पब्लिकेसन्स् प्रालिमा विगत १७ वर्षदेखि क्रियटिभ डाइरेक्टरको जिम्मेवारी निर्वाह गर्दै आइरहनु भएकी बिनी श्रेष्ठको संकलन र सम्पादनमा प्रकाशित उक्त पुस्तकले अभिभावकलाई आफ्ना बच्चाहरूको प्रत्येक पल अभिलेखीकरण गरी विशेष र सुखद् अनुभूति गर्ने स्वर्ण अवसर दिने विश्वास लिइएको छ । आफ्ना बच्चाहरूका लागि अभिभावकले तयार पारेर राख्ने सुन्दर उपहारका रूपमा यो उत्कृष्ट पुस्तक पनि हो ।

पुस्तकमा बच्चा पेटमा आउँदादेखिको बच्चाको हरेक गतिविधिलाई सिर्जनात्मक र व्यवस्थित किसिमले अभिलेखीकरण गर्ने व्यवस्था मिलाइएको छ । आमा गर्भवती भएदेखि बच्चाको जन्म र त्यसपछि हुर्कँदै गरेको बच्चाको हरेक पलको फोटो तथा मिति सम्झनास्वरूप सिर्जनात्मक ढंगले रेकर्ड गर्न सकिनेगरी किताबमा व्यवस्था गरिएको छ । जसका कारण बच्चाको हुर्काइसँगै आमाबुबाले अनुभव गरेको खुशीले बालबच्चा ठूला भइसकेपछि पुनः त्यही क्षणलाई महसुस गरेर खुशी हुने माहोल सिर्जना हुने विश्वास लिइएको छ ।

यस पुस्तकमा नयाँ आमाबुबालाई बच्चाको खोप तालिकाको बारेमा जानकारी दिनुका साथै बच्चाको महिनैपिच्छेको शारीरिक तथा मानसिक वृद्धि सन्तोषजनक छ/छैन भन्ने बारेमा बुझ्नसमेत मद्दत गर्नेछ । त्यतिमात्रै होइन, बच्चा जन्मेपछि गरिने धार्मिक संस्कार र परम्पराको स्पष्ट अभिलेखीकरण राख्ने व्यवस्था पनि पुस्तकमा छ ।

यो पुस्तक खरिद गर्दा नयाँ वर्षको अवसरमा राखिएको आइकेन एन्टिब्याक्टेरियल हृयान्डवास र एन्टिसेप्टिक लिक्विड पनि उपहारस्वरूप पाइने बताइएको छ । लामो समयसम्म संग्रह गरेर राख्न सकिने किसिमले बनाइएको र उच्च गुणस्तरीय कलात्मक कागजमा प्रिन्ट गरिएको यो पुुस्तकको मूल्य रु.२०५० (अक्षरेपी दुई हजार पचास रुपैयाँ) रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?