काठमाडौं । आयोजक पिस प्वाइन्ट ‘ए’ ले छैटौँ पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सफलता पाएको छ । सानोगौचरणमा पिस प्वाइन्टले छहारीलाई २-० गोलले पराजित गर्यो । राहुल लामा र ‘म्यान अफ द म्याच’ पवन बुढाथोकीले गोल गर्नुभयो । एनसिसिएसले सिद्धार्थ वनस्थलीबाट वाक ओभर पायो ।
अन्य खेलमा गेटवे एकेडेमी र एकलव्य विजयी भए । गेटवेले आरामदायी जित निकाल्ने क्रममा ज्ञान निकेतनलाई ११-० को फराकिलो गोलअन्तरले पाखा लगायो । ‘म्यान अफ द म्याच’ राजन आचार्यले ३, शिशिर श्रेष्ठ, स्वरूप प्रसाईं र प्रदीप खत्रीले समान २-२ तथा सन्दीप शिवाकोटी र लक्ष्मण उपे्रतीले समान १-१ गोल गर्नुभयो ।
एकलव्यले पनि सहज जित निकाल्दा ओडिसी इन्टरनेसनल एकेडेमीलाई ७-० गोलले पन्छायो । निरज कोइरालाले हृयाट्रिक गर्नुभयो भने रोमन बस्नेत, रोशन खड्का, आयुश गौतम र अनिल शाहीले समान १-१ गोल थप्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच