कोलम्बो । मस्कोले युक्रेनमा आक्रमण गरेपछि श्रीलंकाले आफ्नो टापुमा बस्ने नीतिको उपयोग गर्ने हजारौं रुसी र युक्रेनीका लागि दीर्घकालीन पर्यटक भिसा विस्तार समाप्त गरेको आइतबार बताएको छ । ‘सरकारले भिसाको थप म्याद दिइरहेको छैन’, प्रस्थानका लागि मार्च ७ को समय सीमा दिँदै अध्यागमन आयुक्त हर्ष इलुकपिटियाले भन्नुभयो, ‘उडानको अवस्था अब सामान्य भएको छ र उनीहरूलाई फर्कन कुनै कठिनाइ छैन ।’
आधिकारिक आँकडा अनुसार पछिल्लो दुई वर्षमा दुई लाख ८८ हजारभन्दा धेरै रुसी र करिब २० हजार युक्रेनीले श्रीलंकाको भ्रमण गरेका थिए । कति मानिस सामान्य ३० दिने पर्यटक भिसाभन्दा बढी समयसम्म बसे भन्ने स्पष्ट छैन ।
यद्यपि हजारौं रुसी र कम संख्यामा युक्रनीहरू सेनामा सम्भावित भर्तीबाट बच्नका लागि श्रीलंकामा बसेको विश्वास गरिएको छ ।
श्रीलंका बसेका केहीले रेस्टुरेन्ट सुरु गरेका छन् भने केहीले रात्रिकालीन क्लबहरू स्थापना गरेका छन् । दक्षिणी तटीय शहर उनावटुनामा ‘श्वेत मानिस मात्र’को पार्टी आयोजना गर्ने एक रुसी-सञ्चालित रात्रिकालीन क्लबविरुद्ध सामाजिक सञ्जालमा उग्र प्रतिक्रिया आएपछि सरकारको उक्त निर्णय आएको हो । मुलुकलाई सन् २०२२ को मध्यदेखि आफ्नो सबैभन्दा खराब आर्थिक संकटबाट बाहिर निस्कन विदेशी मुद्राको सख्त आवश्यक भएपछि श्रीलंकाले आगमनमा ३० दिने भिसा दिएर पर्यटनलाई प्रवद्र्धन गर्न खोज्यो ।
सन् २०२२ अप्रिलमा श्रीलंकाले उसको ४६ अर्ब डलरको विदेशी ऋण भुक्तानी गर्न सकेन र महिनौंसम्म सडकमा विरोध प्रदर्शनका कारण तीन महिनापछि तत्कालीन राष्ट्रपति गोटबाया राजपक्षेले राजीनामा दिनुपर्यो ।
अन्तर्राष्ट्रिय मुद्राकोषको दुई अर्ब ९० करोड डलरको सहायताले अर्थतन्त्रलाई स्थिर बनाउन र खाना, इन्धन र औषधिजस्ता आवश्यक सामानको कमीलाई अन्त्य गर्न सहयोग गरेको थियो । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच