काठमाडौं । विवेकुमार शाहको ‘दरबारबाट देखेको नेपाल’ सार्वजनिक गरिएको छ । पूर्वसैनिकसचिव एवं शाही पाश्र्ववर्ती शाहको नयाँ कृति ‘दरबारबाट देखेको नेपाल’ लोकार्पण गरिएको हो । काठमाडौंमा आयोजित कार्यक्रममा शाहले दरबारमा शाही पाश्र्ववर्तीदेखि सैनिकसचिवसम्मको भूमिकामा रहँदा देखेका, भोगेका घटनाक्रमलाई पुस्तकमा समेटेको बताउनुभयो । ‘दरबारबाट देखेको नेपाल’, ‘छोटो जीवनको लामो यात्रा’ र ‘जीवन एक अनुभूति अनेक’ गरी तीन खण्ड गरेर शाहले पुस्तकमा आफ्नो अनुभव समेटनु भएको छ ।
लोकार्पण कार्यक्रममा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले पुस्तकको समीक्षा गर्नुभएको थियो । शाहले पुस्तकमा दरबारभित्रको अनुभवमात्र नभएर नेपाल र भारतबीचको तिक्ततापूर्ण सम्बन्ध र चीनलाई चिन्न नसकेको विषय पनि गम्भीर ढंगले उठाएको अधिकारीको भनाइ थियो ।
संविधानविद् विपिन अधिकारी, पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक डा.गोविन्दबहादुर थापा र पूर्वसचिव द्वारिकानाथ ढुंगेलले पुस्तकबारे चर्चा गर्नुभएको थियो । शाहको पहिलो पुस्तक ‘मैले देखेको दरबार’ ०६७ सालमा प्रकाशित भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच