गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । यस गाउँपालिकामा स्थायी बसोबास गरेका लोकसेवा पढ्न इच्छुक नागरिकको लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले बताउनुभयो ।
लोकसेवा आयोगले लिईने खरिदाररसहायकस्तर चौथो र नायब सुब्बारसहायकस्तर पाँचौ पदको प्रतियोगितात्मक परीक्षा सम्बन्धी तयारी कक्षा सञ्चालन गरिने भन्दै उहाँले सो कक्षामा सहभागी हुन ईच्छुक योग्यता पुगेका नागरिकले सूचना प्रकाशन भएको १० दिनभित्र गाउँपालिकाको कार्यालयमा निवेदन दिन सकिने बताउनुभयो ।
गाउँपालिकाले उपलब्ध गराएको ढाँचामा आवश्यक न्युनतम पुगेका व्यक्तिले न्युनतम शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि, एक प्रति पासपोर्ट साइजको फोटोसहित निवेदन फागुन २२ गतेसम्म बुझाउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत गिरीले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष बेद बहादुर थापाले यस गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पालिकाका लोकसेवा पढ्न इच्छुक नागरिकलाई मध्यनजर गरेर शैक्षिक नागरिक विदेश पलायन नहोस् र स्वदेशमा रोजगारीका लागि प्रेरणा मिलोस् भनेर तयारी कक्षा सञ्चालन गर्न लागिएको बताउनुभयो ।
निजामती क्षेत्रमा यहाँका नागरिकहरु कम भएको हुँदा निजामती क्षेत्रमा यहाँ नागरिकलाई लाग्न सहज होस् भनेर निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । अनलाइन माध्यमबाट कक्षा सञ्चालन हुने र कक्षा सञ्चालन मिति पछि तोकिने गाउँपालिकाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच