
काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको प्रमुख आतिथ्यमा लागूऔषध रोकथाम तथा नियन्त्रणसम्बन्धी जनचेतनामूलक ‘गीति वृत्तचित्र’ विमोचन तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । लागूऔषध नियन्त्रण ब्यूरो र टोखा नगरपालिकाको संयुक्त आयोजनामा टोखा नगरपालिका-३ स्थित तुरचामा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले गीति वृत्तचित्र विमोचन गर्नुका साथै वृत्तचित्र निर्माणमा सहयोग पुर्याउने व्यक्तिहरूलाई सम्मान तथा कदरपत्र प्रदान गर्नुभएको थियो ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले लागूऔषध प्रयोगकर्तालाई लागू पदार्थप्रति वितृष्णा उत्पन्न गराउने तथा यसको नकारात्मक असरबारे सचेतना जगाउँदै स्वस्थ्य समाजको परिकल्पनाको उद्देश्यसहितको सन्देशमूलक गीति वृत्तचित्र निर्माण कार्य सराहनीय रहेको बताउनुभयो । व्यक्ति, परिवार, समाजमात्र नभई समग्र राष्ट्रको लागि नै गम्भीर चुनौतीको रूपमा रहेको लागूऔषध दुव्र्यसन नियन्त्रण र निराकरणमा समयमै एकजुट हुन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले लागूऔषधको प्रयोगले उत्पादनशील र सिर्जनशील युवा जनशक्ति गुमाउनुको साथै आपराधिक गतिविधिसमेत वृद्धि हुने हुँदा लागूऔषध नियन्त्रण र रोकथामको लागि कानुन कार्यान्वयन गर्ने निकायका साथै अभिभावक वर्ग, स्थानीय समाज र सरोकारवाला समेतको संयुक्त सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
कार्यक्रमका सभाध्यक्ष टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले धन्यवाद तथा समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले लागूऔषध दुव्र्यसन तथा रोकथामका उपायसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । साथै टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
उक्त गीति वृत्तचित्रमाथि अन्तक्र्रियासमेत भएको कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा, स्थानीय जनप्रतिनिधिहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थीहरू, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच