
काठमाडौं । नयाँ बानेश्वरस्थित नयाँ आयाम मल्टी डिसिप्लिनरी इन्स्टिच्युट (नामी)मा दीक्षान्त समारोह सम्पन्न भएको छ । बेलायतको युनिभर्सिटी अफ नर्थहृयाम्पटनबाट सम्बन्धन प्राप्त नामीले मंगलबार स्नातक तहको दीक्षान्त आयोजना गरेको हो ।
सो अवसरमा स्नातक तहमा २०२० मा भर्ना भएका विद्यार्थी दीक्षित भएका छन् । दीक्षान्तमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेटिभ (बिबिए), बिएस्सी इन्भायरोन्मेन्ट साइनस, बिएस्सी कम्प्युटिङ, सफ्टवेयर इञ्जिनियरिङ र नेटवर्क इञ्जिनियरिङका एक सय २० विद्यार्थी सहभागी थिए ।
कार्यक्रममा नेपालस्थित बेलायतका राजदूत रब फेन्नले स्नातक उपाधि हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रम कलेजकी चेयरपर्सन डा. आरजु राणा देउवाको सभापतित्वमा भएको थियो । नामीमा अध्ययन गर्ने विद्यार्थीले विश्वका उत्कृष्टमध्येमा पर्ने बेलायती विश्वविद्यालयको शैक्षिक कार्यक्रममा सहभागी भई डिग्री हासिल गर्न पाउँछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच