रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीले बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयलाई ज्ञापन पत्र बुझाएको छ ।
‘समानता, स्वाभिमान, र अवसर बस्ने योग्य बुटवल शहर’को लक्ष्यसहित नीति कार्यक्रम र बजेट ल्याएपनि कार्यशैली गन्तव्य उन्मुख नभएकाले त्यसलाई सुधार गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाईएको राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही क्षेत्र नं. २ का सभापति रमेश लम्सालले बताउनु भयो ।
पार्टीका केन्द्रीय सदस्य कुसुम महर्जन, लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरे, प्रदेश सदस्य महेन्द्र उपाध्याय, प्रेम खत्री, रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्मा, क्षेत्र नं. २ का क्षेत्रीय सभापति रमेश लम्साल, १ का क्षेत्रीय सभापति मोहनबिक्रम जिसी, बुटवल नगर सभापति राजेश्वर पाण्डेय, तिलोत्तमाका सभापति रुस्तम कंडेलसहित पुगेको टोलीले नगरप्रमुख पाण्डेयलाई बुझाएको ज्ञापन पत्रमा सडकमा बत्ति तथा ट्राफिक चिन्ह नहुँदा दुर्घटना बढेको, सडको विस्तारको क्रममा र भत्किएर बनेका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको, सडक किनारका नालीका ढक्कन गुणस्तरहिन, टुटफूट र जीर्ण भएकाले त्यसको व्यवस्थापनमा चासो देखाउन आग्रह गरिएको छ ।
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप अनुसार शिक्षक दरवन्दी नहुँदा पठनपाठनमा समस्या भएकाले त्यसको व्यवस्थापनमा भूमिका खेल्न पनि आग्रह गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी बुटवल उपमहानगर समितिका सभापति राजेश्वर पाण्डेय (राजन)ले हस्ताक्षर गरेको ज्ञपान पत्रमा बुटवल उपमहानगरपालिकाले तयार गरेको हाम्रो बुटवल पुस्तकलाई सुधार गर्न, सरसफाई व्यवस्थापनलाई वैज्ञानिक बनाउन, छाडा चौपायाको उचित व्यवस्थापन, लुम्बिनी प्रादेशिक अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवालाई जनमैत्री बनाउन पहल गर्न, जथाभावी भईरहेको पशुवधशालालाई व्यवस्थित गर्न तथा खानेपानी उपभोक्ता समिति गठनमा दलीयकरणको अन्त्य गर्न र जलस्रोत (उपयोग) ऐन २०८० पुनर्मूल्यांकन गर्न समेत आग्रह गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच