![साहित्यिक माहोल : न्युजिल्याण्डभित्रको](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/Kalanidhi-Dahal.jpg)
भर्खरै मात्र अनलाइन समाचारको सञ्जालमा एउटा समाचार पढ्ने मौका मिलेको थियो । सत्य के कति हो थाहा छैन किनकि समाचारले पनि सत्यता गुमाइरहेका छन् । एक घरका दुई पतिपत्नीमध्ये एक दिन पति आफ्नी महिला साथी लिएर नगरकोट गएछन् । ठीक त्यही दिन पत्नी पनि आफ्नो पुरुष साथीसँग नगरकोट गइछन् । संयोग यस्तो परेछ कि दुवैजना एउटै होटलमा बस्न पुगेछन् र अचानक उनीहरूको जम्काभेट भएछ । त्यसपछिको परिस्थिति के भयो होला सबैले आ–आफ्नै किसिमले अनुमान गर्न सक्ने भए । यसलाई व्यक्तिको निजी स्वतन्त्रता, मनोजैविक अधिकार, व्यक्तिको आचरण, सम्बन्धको आदर्श, सामाजिक मर्यादा इत्यादि के कति दृष्टिले के कसरी व्याख्या गरिएला ? त्यो पनि फरक कुरा भयो ।
कुरा के मात्र भन्न खोजिएको हो भने पतिपत्नी पनि एउटा पारिवारिक सम्बन्धको आदर्श बोकेको संस्था हो । अरू धेरै संस्थाहरूको जस्तै यो संस्थाको पनि नियम, मर्यादा, काइदा, कानुन र आदर्शहरू छन् । आज जसरी अन्य संस्थाहरू दूषित भएका छन् त्यसरी नै यो संस्थाको पनि सम्बन्धको निब कमजोर बन्दै गएर घर नामका संस्थाहरू पनि भत्किँदै गइरहेका छन् । पतिले पत्नीमाथि पत्नीले पतिमाथि लगाउने आक्षेप र अभियोगका खातहरू तयार भएका छन् । घर बिग्रिएको छ, सम्बन्ध भत्किएको छ, आदर्श मक्किएको छ तर हाम्रा आफ्ना कुराहरू छन्, तर्कहरू छन्, कुतर्क बढी छन् तर तिनले हाम्रा घरहरूलाई जोडिराख्न मदत गरेका छैनन् ।
नेपाल सरकारका एकजना उच्च पदस्थ निजामती कर्मचारी मित्रले भने यो क्षेत्र यति धेरै बिग्रिसकेको छ कि कार्यालयमा यो अफिसरसँग खास अधिकार छैन । सामान्य निजामती जागिरेमात्र हो भन्ने सुइँको पाए भने यहाँका कार्यालय सहयोगीले पानी पिउन पनि दिँदैनन् । नमस्कार गर्न पनि छाड्दछन् ।
हालैको कुरा हो म आफ्नो जीवनयापन गर्ने संस्थाको गरिमामय प्राध्यापक प्रकोष्ठमा बसिरहेको थिएँ । यताका केही वर्षदेखि म पनि त्यस संस्थासँग जोडिएको छु । गौरवबोध गर्ने पेशा पनि अँगाल्दै आएको छु भन्ने मलाई लाग्छ । यस संस्थाको पुरानो इतिहास छ । प्राज्ञिक गरिमायुक्त नाम छ । हिजोहिजो नाम अनुसारकै गरिमायुक्त काम पनि हुन्थ्यो यस संस्थामा । पूर्वीय वाङ्मयको अध्ययन र अध्यापनको केन्द्र बनेर समाजलाई मार्गदर्शन गरिरहनुपर्ने यो संस्था हिजोजस्तो गरिमायुक्त छैन । यसमा आबद्ध अख्तियारप्राप्त व्यक्तिहरूबाट जेजस्तो योगदान हुनुपथ्र्यो त्यो हुन सकिरहेको छैन ।
त्यसैले संस्था पहिलेजस्तो रहन सकेको छैन भन्ने धेरैको गुनासो छ । पहिलाजस्तो छैनमात्र होइन क्रमशः यस संस्थामा गुणात्मक ह्रास हुने क्रम जारी छ । त्यही प्राध्यापक प्रकोष्ठमा केही आफ्ना सहकर्मी मित्रहरूका साथमा बसिरहेका मित्रले आफ्नै सहकर्मी अर्का अनुपस्थित मित्रको खिल्ली उडाइरहेका हुन्छन् । अरू दशजना मित्रहरू होमा हो मिलाएर गलल्ल हाँसिरहेका हुन्छन् । त्यस्तो दृश्य देख्दा लाग्छ मानौँ हामी कुनै प्राज्ञिक संस्थामा होइन कुनै उपहास केन्द्रमै छौँ । हाम्रो पेसागत चरित्रभन्दा नितान्त भिन्न त्यस्ता श्रव्यदृश्य त्यति प्रिय र मित्रमैत्री हुँदैनन् ।
त्यस्तो ठाउँमा बसेर हामीले वेदवेदाङ्गका कुरा गर्नुपथ्र्याे । त्यहाँ उपनिषद् र पुराणहरूका कुरा हुनुपथ्र्यो । तत्वमीमांसा, ज्ञानमीमांसा र पद्धति मीमांसाका कुरा हुनुपथ्र्यो । नीति, धर्माचार र सदाचारका कुरा हुनुपथ्र्याे । समाजबाट समाधानको निम्ति आएका गाँठो फुक्न नसकिरहेका शास्त्रीय सवालमा छलफल र विमर्श हुनुपथ्र्यो । हाम्रो सामाजिक दायित्वका कुरा हुनुपथ्र्यो । राष्ट्र«को निम्ति हामीबाट हुनसक्ने र हुनुपर्ने योगदानका कुरा हुनुपथ्र्यो । त्यति सबै हुन नसके आफ्ना विषयगत विशिष्टताका कुरा हुनुपथ्र्यो । त्यति पनि नभए सामान्य शिष्टाचारभित्र रहेर समाज र घरव्यवहारका नै कुरा हुनुपथ्र्यो । त्यो पनि नभए विद्वान्को सभा मौन बसेर भए पनि आफ्नो प्राज्ञिक मर्यादालाई गुम्न दिन हुँदैनथ्यो ।
दिनहुँजसो हुने यस्तै बेतुकका कुरा, आपसमा द्वेष घोलेर गरिने व्यङ्ग्य, कटाक्ष अनि कसैको चरित्रलाई खुइल्याउने संवाद, कसैको मानमर्दन गरेर हामीले आफ्नो समय व्यतित गरिरहेका हुन्छौँ । त्यतिमात्र नभएर आफ्नो पेशागत चरित्र नमिल्ने कुरा अनि आफूले गर्ने व्यापार-व्यवसायका कुरा गरेर संस्थाहरूलाई निकम्मा बनाइरहेका छौँ । त्यस्तै एक दिन नेपाल सरकारका एकजना उच्च पदस्थ निजामती कर्मचारी मित्रले भने यो क्षेत्र यति धेरै बिग्रिसकेको छ कि कार्यालयमा यो अफिसरसँग खास अधिकार छैन । सामान्य निजामती जागिरेमात्र हो भन्ने सुइँको पाए भने यहाँका कार्यालय सहयोगीले पानी पिउन पनि दिँदैनन् । नमस्कार गर्न पनि छाड्दछन् ।
त्यसैले के कसरी हुन्छ अलिकति पावरको एक्सरसाइज गरिरहनुपर्छ सर । कुरा सुन्दा अचम्म लाग्यो बिरक्त पनि लाग्यो । कुनै ठाउँ पनि सन्तोष लिने ठाउँ छैन । धेरैको दृष्टिमा अलि अनुशासित छ कि जस्तो लाग्ने निजामती क्षेत्रको पनि त्यस्तै हविगत रहेछ । यी केही दृष्टान्तमात्रै हुन् । यसले हाम्रा संस्था र हाम्रा सम्बन्धहरू त्यति मजबुत किसिमले गाँसिएका छैनन् भन्ने सङ्केत प्राप्त हुन्छ । विभिन्न कारणले ती संस्थाहरू खल्बलिएका छन् । आस्था र भरोसा घट्दै गएको मात्र होइन आमजनमानसमा ती संस्थाप्रति निराशा नै बढ्दै गएका छन् । ठूलादेखि ससाना कारणले सम्बन्धमा अविश्वास बढ्दै गएर गहिरो खाडल नै बन्ने गरेका छन् ।
माथि चर्चा भएको सम्बन्धको सानो एकाइ परिवारदेखि ठूलो एकाइ राष्ट्रसम्म जताततै विश्वासको संकट बढ्दै गएको छ । मुलुकका सम्मानित संस्थाहरूप्रति जनताको अविश्वास र निराशा बढ्दै गएको छ । ती संस्थाले आफ्नो प्रतिष्ठा बचाउन सकिरहेका छैनन् । त्यतिमात्र होइन बेलाबखतमा ती ठाउँबाट हुने निर्णयहरूले गर्दा व्यक्तिमात्र होइन संस्थाप्रति नै जनताको भरोसा घटिरहेको छ । कतिबेला कस्तो निर्णय बाहिर आउँछ भनेर मुलुकको राष्ट्रपति कार्यालय प्रधानमन्त्री कार्यालयसँग सशङ्कित छ । प्रधानमन्त्री कार्यालय राष्ट्रपति कार्यालयप्रति सशङ्कित छ ।
त्यस्तै सशङ्कित छ प्रधानसेनापति कार्यालय । मन्त्रीको प्रधानमन्त्रीप्रति आस्था छैन प्रधानमन्त्रीलाई मन्त्रीप्रति विश्वास छैन र जनतालाई सरकारप्रति भरोसा छैन । सरकार जनताका अभिव्यक्तिप्रति सन्तुष्ट छैन । देश साँच्चै अहिले बेथितिको दलदलमा फेसेको हो कि जस्तो लाग्छ । कहीँ कतै थोरैमात्र सन्तोष गर्ने ठाउँ छैन । बेइमानी, मक्कारी, झुट, अनियमिता, भष्टाचार, अनैतिकता जस्ता ऋणात्मक चरित्रहरूकै हाकाहाकी बोलबाला सुनिन्छ ।
अहिले देश विभिन्न खाले अविश्वासले घेरिएको छ । राजनीतिक नेतृत्वको माथिल्लो तह मन्त्रीदेखि तल्लो निकाय गाउँ, वडाका जनप्रतिनिधिहरूसम्म भ्रष्ट भएका समाचार छन् । कर्मचारीहरूको तल्लो निकायदेखि माथिल्लो निकायसम्मका मानिसहरूबाट भ्रष्टाचार र अनियमिमता भएका समाचार बाहिर छन् । बैँकका सिईओदेखि क्यासियरसम्मका व्यक्तिबाट अनियमितता भएका समाचार छन् । ठूला घरानाका व्यापारीहरू अनियमिततामा मुछिएका छन् र राष्ट्रको सम्पत्तिमा छिनाझप्टी चलिरहेको छ ।
सरकारी स्वामित्वमा आँखा गाड्ने लुट्ने, भूमाफियाहरूले देशको सम्पत्ति हडप्ने, मास्ने, दुरुपयोग गर्ने होडबाजी छ । गाउँशहरमा वैधअवैध ऋणप्रवाहको डरलाग्दो गिरोहले काम गरिरहेको त्यसमा गरिबनिमुखाहरू पीडित भएका समाचार छन् । मिटरब्याजीहरूको अविश्वासका समाचार छन् । ऋण लिएर ऋण तिर्दिन भनेर दादागिरी गर्नेदेखि जसरी जस्तो पनि ऋण तिर्नुपर्छ भन्ने सरकारी बाध्यकारी कानुनका कुरा छन् । गरिब किसानले कुखुराका चल्ला बाख्राका पाठा बेचेर जम्मा गरेको रकम ठगेर भाग्ने सहकारी सञ्चालकहरूका बेइमानीका कुरा छन् । गलत ठाउँमा ऋण प्रवाह गरेर ठगीधन्दा गर्ने, चर्को ब्याज असुलेर जनताको ढाड सेक्ने बैंकहरूको अवस्था र तीप्रतिको जनअविश्वासका समाचार छन् ।
धार्मिक, सामाजिक, सांस्कृतिक र जातीय सद्भावलाई खल्बल्याएर देशमा अर्को ठूलो अविश्वास खडा गरिएको छ । इतिहासमाथि गौरव गर्नुपर्नेमा इतिहासलाई बङ्ग्याएर अनास्था फैलाउने घोर अनर्थ हुँदा पनि नियामक संस्थाहरू मौन छन् । कहीँ कतै नियम, कानुन, दण्ड र पुरस्कारको व्यवस्था छैन ।
उपभोक्ताले नियमित नगदमा दूध किनेर खाएको छ तर दूध किसानले वर्षौंदेखि करोडौँ रुपैयाँ पाउन सकेका छैनन् । उखु किसानको त्यही अवस्था छ । बिचौलिया तस्करहरूले किसानको श्रमशोषण गरिरहेका छन् जसले गर्दा व्यवसायप्रतिका अविश्वासका समाचार छन् । ऋणीहरू ऋणदायक संस्थाप्रतिको अविश्वास, अस्पताल व्यवस्थापनका विषयमा डाक्टरको अविश्वास, डाक्टर पीडित आमनागरिकको डाक्टरप्रतिको अविश्वास, जस्तो परिस्थितिमा पनि राजनीतिको रोटी सेक्न पल्केका राजनीतिक पार्टीहरूका विविध व्यवहारले गर्दा राजनीतिप्रतिको जनअविश्वासका समाचार छन् ।
एउटा पार्टीप्रति अर्को पार्टीको अविश्वास त्यसैमा पनि गठबन्धनको नाटक, पार्टीभित्रै सभापतिप्रति र महामन्त्रीको अविश्वास, महामन्त्रीप्रति सभापतिको अविश्वास, नेताको कार्यकर्ताप्रति अविश्वास, कार्यकर्ताको नेताप्रति अविश्वास, अफिसमा हाकिमप्रति मातहतका कर्मचारीको अविश्वास, कर्मचारीप्रति हाकिमको अविश्वास, एउटा मित्रप्रति अर्को मित्रको अविश्वास, एउटा संस्थाप्रति अर्को संस्थाको अविश्वास, जताजता सम्झना हुन्छ त्यतै अविश्वासका अग्ला पर्खाल ठडिएका छन् । हुँदा-हुँदा पतिपत्नीमा एकापसको अविश्वासजस्ता अवस्थाले सिर्जेका समस्याहरूको भुमरीमा देश फसिरहेको छ ।
धार्मिक, सामाजिक, सांस्कृतिक र जातीय सद्भावलाई खल्बल्याएर देशमा अर्को ठूलो अविश्वास खडा गरिएको छ । इतिहासमाथि गौरव गर्नुपर्नेमा इतिहासलाई बङ्ग्याएर, भाँचकुच पारेर अनास्था फैलाउने घोर अनर्थ हुँदा पनि नियामक संस्थाहरू मौन छन् । कहीँ कतै नियम, कानुन, दण्ड र पुरस्कारको व्यवस्था छैन । सबैतिरबाट विश्वास गुमेको अवस्था छ । कतिपय समस्याहरू व्यक्तिगत भएर समाजलाई असर गरिरहेका छन् । कतिपय समस्याहरू सामूहिक भएर समाजलाई असर गरिरहेका छन् । देशमा नियम, कनुन, अनुशासन र आचरणमा आएको स्खलनले गर्दा कहीँ कतै आश गर्ने र सन्तोष लिने ठाउँ छैन । यसरी एकापसमा अविश्वास र आशङ्कामा व्यवहार चल्ने र चलाउने जुन काम भइरहेको छ यो निश्चय पनि शुभ सङ्केत होइन । हरेक क्षेत्रमा यस्तै समानान्तर अवस्था सिर्जना भइरहेका छन् ।
न्याय गुमेको न्यायालय, नियम कानुन गुमेको कर्मचारी प्रशासन, सुरक्षा गुमेको प्रहरी प्रशासन, ज्ञान गुमेका विश्वविद्यालयहरू, नैतिकता गुमेका जनप्रतिनिधिहरू, विश्वास गुमाएका संस्था, कर्तव्य गुमाएको सरकार, इमान गुमेको व्यवशाय, आफ्नोपन गुमेका आफन्त, आत्मीयता गुमेको मित्रता, विश्वास गुमेका सम्बन्ध र सबैभन्दा महत्वपूर्ण चरित्र गुमेका नागरिकहरू जसले गर्दा यी माथि चित्रित समस्या सिर्जना भएका छन् । प्रिय सञ्चेतना ! यस्तो अवस्थामा पनि हामी देशपे्रमका कुरा गरिरहेका छौँ । सुशासन र सुव्यवस्थाको कल्पना गर्न छोडेका छैनौँ । गरिमा गुम्न नदिने कुरा गरिरहेका छौँ । सम्बन्ध सुधार्ने कुरा गरिरहेका छौँ । स्वाभिमानलाई उकास्ने कुरा गरिरहेका छौँ । विश्वासको पुनर्सिर्जन गर्ने सपना बुनिरहेका छौँ । सायद यसैको नाम कोमल राष्ट्रवाद हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच