मलावीमा भीषण बाढी : एक जनाको मृत्यु, हजारौं बिस्थापित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । मलावीका आएको भीषण बाढीका कारण एक जनाको मृत्यु हुनुका साथै हजारौँ बिस्थापित भएका छन् । दुई जिल्लाहरू-मध्य क्षेत्रको न्खोटाकोटा र उत्तरी क्षेत्रको करोंगामा बढी क्षति भएको छ ।

बाढीका कारण न्खोटाकोटा मात्रै सात हजारभन्दा बढी बिस्थापित भएको र बिस्थापितलाई जिल्लाका नौ वटा शिविरमा सारिएको विपद् व्यवस्थापन विभाग (डीओडीएमए) ले जनाएको छ ।

दुवै जिल्लामा घर तथा व्यापारिक संरचना ध्वस्त हुनुका साथै धान, कासवा, मकै लगायतका बालीसहितको हजारौँ हेक्टर खेतीयोग्य जमिन बगाएको छ । लगातारको वर्षाले सडक र पुलमा थप क्षति पुर्‍याएको र प्रभावितलाई अत्यावश्यक सेवा पुर्‍याउने काममा अत्यधिक असर परेको बताइएको छ ।

मलावी तालको किनारमा अवस्थित न्खोटाकोटा र करोंगा जिल्ला बाढीको जोखिममा पर्छन् ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?