माछापुच्छ्रेका अध्यक्ष महतोको शपथ

Read Time = 1 min

काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरू, कार्यकारी निर्देशकहरू तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य तथा प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

माछापुच्छ्रे बैंकको मंसिर १२ गतेको चार सय ७२औँ सञ्चालक समितिको बैठकले डा. महतोलाई सञ्चालक समिति अध्यक्षमा चयन गरेको हो । डा. महतो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?