![‘गुनासो’ गर्दै बबिता](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/Gunasho.jpg)
काठमाडौं । अघिल्ला साताहरू केही दिन बढेर निरन्तर घट्दो क्रममा रहेको सेयर बजार साताको पहिलो दिन आइतबार पनि ११.७८ अंकले घटेर १९६०.३० अंकमा पुगेको छ । यस दिन तीन सय नौ कम्पनीका ५५ लाख ७४ हजार दुई सय सात कित्ता सेयर दुई अर्ब आठ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँमा कारोबार भएको छ ।
कारोबारमा आएका १३ मध्ये ११ समूहगत सूचक घटेका छन् भने होटल तथा पर्यटनमूलक बढेका छन् । बाँकी सबै घटेका छन् । दुई सय दुई कम्पनीको सेयर मूल्य घटेको छ भने ९१ कम्पनीको बढेको छ । १६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । गत सातादेखि नै सर्वाधिक कारोबार हुँदै आएको सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको १३ अर्ब २० करोडको सेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्स नौ करोड तीन लाख, हिमालयन रि आठ करोड ३० लाख, बोटलर्स नेपाल तराईको पाँच करोड ८८ लाख र जोशी हाइड्रोपावरको चार करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ ।
मोलुङ हाइड्रोपावर, घोराही सिमेन्ट्स, हिमालयन डिष्टिलरी, आइजिआई पु्रडेन्सियल र ङादी गुप्र पनि शीर्ष कारोबार हुने १० कम्पनीभित्र समेटिएका छन् । ग्लोबल आइएमई लघुवित्तको सर्वाधिक ९.७० प्रतिशतले बढेको छ भने एनआइसी एसिया ग्रोथ फण्ड-२, ८.४५, सिवाइसी नेपाल लघुवित्त ७.८०, बोटलर्स नेपाल ५.६९, गणपति लघुवित्तको २.८२ प्रतिशतले सेयर मूल्य बढेको छ । चिरख्वा हाइड्रोपावरको सर्वाधिक ७.४९ प्रतिशतले घटेको छ भने नौ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७, ७.१४, बिपिडब्लु लघुवित्त ६.७६, बोटलर्स नेपाल तराई ५.६७ र माथिल्लो मैलुङखोला जलविद्युत्को सेयर मूल्य ५.२४ प्रतिशतले घटेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच