काठमाडौं । नयाँ सत्तागठबन्धनका तीनजना मन्त्रीले आज शपथग्रहण गर्दै छन् ।
माओवादी, एमाले र रास्वपाबाट तीनजना मन्त्री सहभागी गराई प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् पुनर्गठन गर्न लाग्नुभएको हो ।
पहिलो चरणमा नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्दै हुनुहुन्छ ।
प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि राष्ट्रपति कार्यालय शीतलनिवासमा आजै मन्त्रीहरूको शपथ गराउने तयारी भएको छ । तीनैजना मन्त्रीले आज विनाविभागीयमन्त्रीको शपथग्रहण गर्ने बताइएको छ ।
यसको लागि आजै साढे दुई बजे बालुवाटारमा गठबन्धनको बैठक बोलाइएको छ । सोही बैठकले लिखित समझदारी गर्ने तयारी गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच