काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नव नियुक्त तीन मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराउनु भएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेलले एमाले, रास्वपा र माओवादी केन्द्रबाट आज नियुक्त हुनु भएको तीन मन्त्रीलाई शपथ गराउनु भएको हो ।
जसमा एमालेबाट पदम गिरी, माओवादीबाट हितमान तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले मन्त्रीको शपथ लिनुभयो । उहाँहरुको मन्त्रालय भने टुंगो लागेको छैन ।
शपथ समारोहमा उपराष्ट्रपति, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, लगायत नेताहरूको उपस्थिति थियो ।
आज प्रधानमन्त्री प्रचण्डले मौजुदा मन्त्रिपरिषद्मा रहेका सबै मन्त्रीहरूलाई हटाएर तीन दलबाट तीन जना नयाँ मन्त्रीहरू समेटेर मन्त्रिपरिषद् पुनः गठन गर्नुभएको हो ।
नेपाली कांग्रेससहितको पुरानो गठबन्धन भत्किएर नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच