
दाङ । संघमा सत्ता समीकरण बदलिएपछि नेकपा एमालेले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मार्ग प्रशस्तका लागि आग्रह गरेको छ ।
संघमा दलीय समीकरण फेरिएको र प्रदेशमा पनि त्यो समीकरण अनुसार सरकार फेरबदल हुने भएकाले कांग्रेसलाई मार्ग प्रशस्तका लागि एमालेले आग्रह गरेको जनाएको छ ।
प्रदेश सभाका १० मध्ये एमाले र राप्रपाबाहेक सबै दलको समर्थनमा हाल लुम्बिनीमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री हुनुहुन्छ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, माओवादी केन्द्रका ११ सांसद छन् । प्रष्ट बहुमतका लागि कम्तिमा ४४ सांसद चाहिन्छ ।
यो अवस्थामा एमाले र माओवादी केन्द्रले थप चार सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । नागरिक उन्मुक्ति पार्टीका चार, जनमत, जसपा नेपाल र लोसपा नेपालका तीन/तीन सांसद छन् ।
प्रदेशसभामा नेपाली कांग्रेसको २९ सांसद छन् । यस्तै, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको एक–एक सांसद छन् । भागबन्डामा लुम्बिनी प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो केन्द्रबाटै लाग्ने माओवादी केन्द्रका केन्द्रिय सदस्य निर्मल आचार्यले बताउनुभयो । यद्मपी एमालेले सरकारको नेतृत्व गर्ने अवस्थामा संसदीय दलका नेता लीला गिरी र माओवादीले नेतृत्व लिने अवस्थामा माओवादी संसदीय दलका नेता जोगबहादुर महरा मुख्यमन्त्री बन्ने चर्चा छ ।
सत्ता फेरवदल संगै लुम्बिनीमा हुन लागेको अन्तर्राष्ट्रिय शिखर सम्मेलन अन्यौलमा परेको छ । अन्तर्राष्ट्रिय शिखर सम्मेलन लागि प्रदेश सरकारले ७ करोड १० लाख रकम विनियोजन गरेको छ । यसका लागि नोवेल शान्ति पुरस्कार विजेता ११ जना सहित विभिन्न देशका ३०० उच्च पदस्थ व्यक्तिहरु आउने निश्चित भएको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी गराउनुभएको थियो ।
सम्मेलनबाट लुम्बिनीको ब्राण्डिङ गर्ने र लुम्बिनीका लागि स्रोत सुनिश्चिता गर्ने सरकारले बताउँदै आएको थियो ।
फागुन २८ र २९ गते हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन २८ गते लुम्बिनी अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा गर्ने तय भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच