
काठमाडौं । सचिवालय बैठकलगत्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेट्न बालुवाटार पुग्नुभएको छ ।
अध्यक्ष नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई लिएर प्रधानमन्त्री भेट्न जानुभएको हो ।
यसअघि एकीकृत समाजवादीको सचिवालय बैठक बसेको थियो । सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बसेकाे बैठकले सरकारमा सहभागीताका लागि प्रधानमन्त्रीलाई भेटेर थप निर्णय लिने भएसँगै उहाँहरु बालुवाटार जानुभएकाे बताइएको छ ।
प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार प्रधानमन्त्रीसँग विभिन्न विषयमा छलफल गरेपछि प्राप्त हुने जवाफका आधारमा सरकारमा सहभागिताका विषयमा थप निर्णय लिइने छ ।
आर्थिक संकटको समाधान गर्दै रोजगारी सिर्जना, सुशासन, भ्रष्टाचार नियन्त्रण, सन्तुलित परराष्ट्र नीति लगायतका विषयमा प्रधानमन्त्रीको जवाफ सुनेपछि थप निर्णय हुने प्रवक्ता खतिवडाले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच