
काठमाडौं । नेपालका लागि सेरेस इभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको नक्सालमा नयाँ स्टेट अफ आर्ट शोरुम सञ्चालनमा ल्याएको छ । सेरेसका डिपुटी जनरल म्यानेजर जिया झु र एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले सेरेसका प्रतिनिधि जुन सि र इपाङ तथा अटोमोबाइल क्षेत्रका विशिष्ट अतिथिको उपस्थितिमा बिहीबार नयाँ शोरुम उद्घाटन गर्नुभएको हो ।
नयाँ शोरुमले नेपालमा कम्पनीको उपस्थिति अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरीय अनुभव दिलाउने सेरेसको प्रतिबद्धता प्रत्याभूत गर्ने कम्पनीको भनाइ छ । सो अवसरमा एमएडब्लु वृद्धिले सेरेस ३ ले हिमाली क्षेत्रमा रहेको कोरोला पासको कठिन भूगोलमा पुगेको इन्ट्रो भिडियो पनि देखाएको थियो । सेरेस ३ समुद्री सतहबाट चार हजार छ सय ६० मिटर उचाइमा अवस्थित कोरोला पास पुग्ने पहिलो इलेक्ट्रिक एसयुभी हो ।
ग्राहकको अनुभव केन्द्रमा राखी डिजाइन गरिएको शोरुममा विशाल एलइडी डिस्प्ले, सेरेसका पछिल्ला इभी मोडेल र परामर्श र टेस्ट ड्राइभका लागि अनुभवी सेल्स टिम रहने बताइएको छ । कम्पनीले यसअघि नै काठमाडौं उपत्यकाभित्र पानीपोखरी र ललितपुर तथा काठमाडांैबाहिर पोखरा र बुटवल डिलर सञ्जाल विस्तार गरिसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच