सांसद लामिछानेलाई ‘स्वार्थको द्वन्द्व’ हुने गरी गृह मन्त्रालयको जिम्मेवारी दिएकोप्रति जवाफदेहिता निगरानी समितिको विरोध

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सहकारी ठगी जस्तो गम्भीर विषयमा पीडितले दिएको उजुरीमाथि नेपाल प्रहरीले गरिरहेको अनुसन्धानको दायरामा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति तथा सांसद रवि लामिछानेलाई उक्त छानबिन एवं अनुसन्धान टुंगो नलाग्दै दोस्रोपटक नेपाल सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त गरिएकोप्रति जवाफदेहिता निगरानी समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।

विहिवार विज्ञप्ती जारी गर्दै लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त गरिएकोप्रति  गम्भीर ध्यानाकर्षण भएको जनाएकाे हाे ।

गृह मन्त्रालयमा भएको रवि लामिछानेको नियुक्तिले स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ् इन्ट्रेस्ट)को स्थिति पैदा गरेको भन्दै, यो नियुक्ति प्रतिनिधिसभा निर्वाचनपछि तेस्रोपटक गठित पुष्पकमल दाहाल नेतृत्वको सरकारले शुरूदेखि ‘सुशासन’को प्रत्याभूति गर्ने भनी दिएको सार्वजनिक कथन र सांसद रवि लामिछानेले निष्पक्ष अनुसन्धान तथा सुशासनका पक्षमा बारम्बार दिँदै आएका अभिव्यक्ति समेतको विपरीत भएकाे विज्ञप्तीमा जनाइएकाे छ ।

विज्ञप्ती हेर्नुहाेस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?