काठमाडौं । किरण आचार्यको पौराणिक उपन्यास ‘परशुराम’को लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघको आयोजनामा काठमाडौंमा एक विशेष कार्यक्रमबीच उक्त उपन्यासको लोकार्पण गरिएको हो । वरिष्ठ उपन्यासकार भरत जंगमको प्रमुख आतिथ्यता र संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, समालोचकहरू प्रमोद प्रधान र प्रा.डा. गोविन्दमानसिंह कार्की, सम्पादक राजकुमार बानियाँलगायतले उपन्यासको लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जंगमले उपन्यासले पौराणिक पात्र परशुरामका बारेमा धेरै कुराको जानकारी दिने बताउँदै उपन्यास पठनीय भएको धारणा राख्नुभयो ।
सभापति लेकालीले साहित्यिक पत्रकार संघले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउँदै छिट्टै संघको स्वर्ण महोत्सवको स्मारिका प्रकाशित हुने जानकारी दिनुभयो ।
कृतिकार आचार्यले परशुराम उपन्यास लेखनका पृष्ठभूमिबारे बताउँदै हाम्रा धार्मिक ग्रन्थ र व्यक्तित्वबारे गलत र भ्रमपूर्ण कुराहरू फैलाइएकाले सही कुरा खोजेर लेख्नुपर्ने खाँचो रहेको औंल्याउनुभयो । समालोचक प्रमोद प्रधानले पौराणिक पात्र र विषयमा लेखिएको भए पनि उपन्यासले आजको समयलाई पनि सम्बोधन गरेको चर्चा गर्नुभयो ।
अर्का समालोचक प्रा.डा. गोविन्दमान सिंह कार्कीले उपन्यास रोचक र पठनीय रहेको बताउनुभयो । कार्यक्रममा उपन्यासका सम्पादक राजकुमार बानियाँ र साहित्यकार कल्पना खरेलले पनि आ–आफ्नो भनाइ राख्नुभएको थियो ।
साहित्यकार यादव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा संगीतकार नरहरि प्रेमीले गीत प्रस्तुत गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच