हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल र हङकङबीच भएको मैत्रीपूर्ण टी-२० आई क्रिकेटमा हङकङले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले सबै विकेट गुमाएर २१२ रन बनायो । नेपालले केहीबेरमा ब्याटिङ गर्दै छ ।

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृङ्खला खेल्नका लागि बिहीबार हङकङ गएको हो ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी-२० आई शृङ्खला सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङस‌ंग एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?