नैरोबी । केन्याका राष्ट्रपति विलियम रुटोले सरकारले देशको शान्ति र स्थायित्वको सुनिश्चितताका लागि केन्या डिफेन्स फोर्सलाई बलियो बनाइरहेको बताउँनु भएको छ । उहाँले विदेशमा शान्ति मिसनमा भाग लिएको सेना नमूना संस्था भएको बताउँदै जसले केन्याको शान्ति र स्थायित्वको ग्यारेन्टी गरेको उल्लेख गर्नु भएको छ ।
‘तपाईंले हाम्रो राष्ट्रको लागि सुरक्षा र स्थायित्व प्रदान गर्नुहुन्छ, हामी केन्याका जनतालाई हाम्रा प्रतिबद्धताहरू पूरा गर्न सुनिश्चित कडा मेहनत गर्नेछौं’, राजधानी नैरोबीमा आयोजित सेनाका नवनियुक्त उपाध्यक्षको शपथ ग्रहण समारोहमा उहाँले सो धारणा राख्नु भएको हो ।
राष्ट्रको बल सेनामा निर्भर रहेको उल्लेख गर्दै राष्ट्रपतिले आफ्नो सरकारले खाद्य उत्पादन, रोजगारी सृजना, स्वास्थ्य सेवालाई सशक्त बनाउने जनादेश पूरा गर्नका लागि सबै सार्वजनिक संस्थाहरूलाई बलियो बनाइरहेको बताउँनु भएको छ ।
राष्ट्रपतिले देशको सुरक्षा र स्थिरता नभई ‘अन्यकुनै पनि आकांक्षाहरू प्राप्त गर्न धेरै गाह्रो हुने टिप्पणी गर्नु भएको छ । रुटोले जनजातिवाद र विभाजन रहित संयुक्त केन्यामा सरकारको प्रतिबद्धतालाई पुनः पुष्टि गर्नु भएको छ । ‘जातिवाद, जातियता र सीमान्तीकरणको अन्त्य गरी हाम्रो राष्ट्रलाई शान्तिपूर्ण, एकताबद्ध र प्रगतिशील राष्ट्रमा सुदृढ गर्ने मेरो चाहना छ’ उहाँले बताउनु भयो । रासस÷सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच