बेइजिङ । अगष्टपछि पहिलो पटक फेब्रुवरीमा चीनको उपभोक्ता मूल्यवृद्धि भएको शनिबार सार्वजनिक तथ्यांकले देखाएको छ । बेइजिङस्थित राष्ट्रिय तथ्यांक विभाग (एनबीएस) का अनुसार उपभोक्ता मूल्य सूचकांक गत महिना ०.७ प्रतिशतले बढेको छ । यो अगष्टपछिको पहिलो वृद्धि हो भने जनवरीमा उपभोक्ता मूल्य सूचकांक ०.८ प्रतिशतले घटेको थियो ।
ब्लुमबर्गले गरेको सर्वेक्षणमा विश्लेषकहरूले ०.३ प्रतिशतले वृद्धि हुने अनुमान गरेका थिए । सन् २०२१ पछि पहिलो पटक जुलाईमा चीनमा गिरावट आएको उपभोक्ता मूल्य तथा सेवामा अगष्टमा केही समयका लागि सन्तुलन आए पनि त्यसयता मूल्यमा निरन्तर गिरावट आएको छ ।
परम्परागत रूपमा चिनियाँ नयाँ वर्षको अवधिमा उपभोक्ता मूल्यमा वृद्धि हुन्छ, तर यस वर्षको फेब्रुवरीमा यसको मूल्यमा कमी आएको थियो । एनबीएसका अनुसार फेब्रुवरीमा उत्पादक मूल्यमा २.७ प्रतिशतले गिरावट आएको छ । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच