भोजपुर मेयरकप महिला फुटवल : चार टिम सेमिफाइनल प्रवेश

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुरको रंगशालामा संचालन भई रहेको खुला मेयर कप महिला फुटवल प्रतियोगिता अन्तर्गत आइतवार हुने सेमिफाइनल खेलका लागि चार टिम छनौट भएका छन् ।

गत फागुन २५ गतेबाट सुरु प्रतियोगिता अन्तर्गतको पहिलो सेमिफाइनल खेल भोजपुर नगरपालिका १०, भैसिपंखा र ओए.सिस क्लव, इलामका बिचमा हुने छ भने दोश्रो खेल धनकुटा नगरपालिका र नमो बुद्ध युथ क्लव, सप्तरीका बिचमा हुने आयोजकले जनाएको छ ।

भोजपुर जिल्ला फुटवल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा फागुन २५ गते देखि २८ गतेसम्म छैटौं महिला मेयर कप फुटवल प्रतियोगिता संचालन भई रहेको छ । प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा भोजपुर नगरपालिका वडा नम्वर १०, भैसिपंखा, सुम्निमा बहुप्राबिधिक बिद्यालय भोजपुर, ओ.ए.सिस. क्लव, धनकुटा नगरपालिका, रिमाचुङ स्पोर्टस एण्ड एजुकेशन र नमो बुद्ध युथ क्लव सप्तरीको सहभागिता रहेकोभोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले बताउनुभयो ।

प्रतियोगितामा बिजेता हुने टिमले नगद एक लाख पाँच हजार पाँच सय ५५ रुपैया र उपबिजेता टिमले नगद ५१ हजार पाँच सय ५५ पाउने आयोजकले जनाएको छ । फाइनल खेल सोमवार संचालन हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?