विराटनगर । उद्योग संगठन मोरङले बंगलादेश र नेपालबीच हुन सक्ने व्यावसायिक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवद्र्धन र विकासका साथै पर्यटनलगायतका क्षेत्रमा सहकार्य तथा साझेदारीको सम्भावनाका विषयमा नेपालस्थित बंगलादेशका राजदूत सलाहउद्दिन नोमन चौधरीसँग छलफल गरेको छ । संगठनको सचिवालयमा भएको छलफलमा अध्यक्ष राकेश सुरानाले दुई देशबीचको व्यापारिक सम्बन्ध अभिवृद्धिका लागि नेपाली उत्पादनले बंगलादेश निर्यातमा भोग्दै आएको समस्या अवगत गराउँदै समाधानका लागि सहजीकरण गर्न आग्रह गर्नुभयो ।
उहाँले बंगलादेशस्थित व्यावसायिक संस्था तथा औद्योगिक पक्षहरूसँग संस्थागत सम्बन्ध विस्तारमा जोड दिँदै संगठनले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन र्यालीका साथै दुई देशका उद्योगीबीच सम्बन्ध विस्तारका लागि सहजीकरण गरिदिनसमेत आग्रह गर्नुभयो । राजदूत चौधरीले दुई देशबीच धेरै क्षेत्रमा सहकार्यको प्रचुर सम्भावना रहेको भन्दै औद्योगिक तथा व्यवसायीबीचको सम्बन्ध विस्तारका लागि दूतावास निरन्तर सहजीकरण गर्न तत्पर रहेको बताउनुभयो । निर्यातमा देखिएका समस्या समाधानका लागि आफ्नोतर्फबाट पहल र प्रयास रहने पनि उहाँले स्पष्ट पार्नुभयो ।
राजदूत चौधरीले द्विपक्षीय व्यापारिक हितका लागि संगठनले अन्तर्राष्ट्रियस्तरको र्याली आयोजना गर्न लागेकामा खुसी व्यक्त गर्दै बंगलादेश दूतावासतर्फबाट आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको संगठनले जनाएको छ । सो अवसरमा उद्योग संगठन मोरङका पदाधिकारी, कार्यसमिति सदस्य र नेपालस्थित बंगलादेश दूतावासका प्रतिनिधिको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच