एटलीले अल्लू अर्जुनसँग मागे ६० करोड पारिश्रमिक

हिमालय टाइम्स
Read Time = 1 min

मुम्बई । फिल्म ‘जवान’को सफलतापछि तमिल फिल्म निर्देशक एटली कुमार करियरको उत्कृष्ट अवस्थामा छन् ।

एटली यतिबेला नयाँ फिल्मको प्रि–प्रोडक्सनमा व्यस्त छन् । अहिले फिल्मको कथालाई अन्तिम रूप दिने काम भइरहेको छ ।

अहिले एटली हलिउड अल्लू अर्जुनका साथ नयाँ फिल्मको तयारी गरिरहेका छन् ।अभिनेता शाहरुख खानलाई उनको करियरको ‘टप ग्रसर’ फिल्म दिएपछि उनी नयाँ फिल्मको तयारीमा जुटेका हुन् ।

फिल्मका लागि एटलीले निर्मातासँग निकै मोटो पारिश्रमिक मागेका छन् । उनले झन्डै ६० करोड रुपैयाँ पारिश्रमिक मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो पारिश्रमिक कुनै पनि फिल्मलाई दिइने पारिश्रमिकको तुलनामा धेरै हो । तर एटलीको फिल्मको व्यापार तथ्यांकलाई हेर्दा पारिश्रमिकलाई सन्तोषजनक भनेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?