![तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र](https://ehimalayatimes.com/wp-content/uploads/2023/04/kalopatre-shuru.jpg)
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सरकारी जग्गाभित्र बनेका व्यवसायिक संरचना खालि गराउन नगरपालिकाले डोजर चलाएको छ । नगरपालिकाले सरकारी जग्गाभित्र बनेका एक सय २५ वटा व्यवसायिक संरचनाहरु डोजर चलाएर खालि गराएको छ ।
उच्च राजनीतिक दवावकाबिच मेयर मोहनमाया ढकालको अडानमा नगरको जग्गा फिर्ता ल्याउन डोजर चलाइएको हो । अतिकम भाडा कबुल गरी जग्गा भाडामा लिएर आफूखुशी संरचना बनाई व्यवसायिक प्रयोजनमा लगाएर मोटो रकम असुल्ने विचौलियाको हातबाट जग्गा फिर्ता ल्याउन डोजर चलाउनुपर्ने बाध्यता आएको मेयर ढकाल बताउनुहुन्छ ।
गत वर्ष ३२ जेठ महिनामै संरचना हटाउने निर्णय गरेको नगरपालिकाले व्यवसायीहरुको माग अनुसार झण्डै एक वर्षसम्म निर्णय कार्यान्वयन गरेको थिएन । संरचना खालि गराउन दिइएको लामो समयसम्म पनि व्यवसायीले अटेर गरेपछि १८ माघमा संरचना हटाउन अन्तिम पटक ३५ दिने सूचना समेत जारी गरिएको थियो ।
सुर्खेत उपत्यका नगर विकास समितिको अध्यक्षसमेत रहनुभएकी मेयर ढकालले नगर विकास समितिको स्वामित्व भित्रका सरकारी जग्गामा निर्माण गरिएका अस्थायी संरचनाहरु खालि गराएर त्यसलाई पार्किङको रुपमा विकास गरिने बताउनुभयो ।
‘वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी बनेसँगै पार्किङको समस्या बढ्दै जान थालेको दृष्टान्तलाई ध्यानमा राख्दै समितिले सार्वजनिक जग्गा संरक्षणको नीति लिएको थियो’ उहाँले भन्नुभयो, ‘सोही बमोजिम नगरपालिकाको सहरी गुरुयोजना तयार गरी व्यवस्थित हरित शहर निर्माणका लागि समितिको मातहतमा रहेका जग्गाहरु खाली गराउने छौं ।’
नगरपालिकाले ती क्षेत्रका संरचनाहरु हटाएसँगै साढे दुई विगाह जग्गा समितिको मातहतमा आएको छ । यस अघि मेयर ढकालले नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलले व्यवसायिक भाडामा लगाएका सटरहरु खालि गराएर सरकारी जग्गा खालि गराउने अभियानको थालनी गर्नुभएको थियो ।
तर सोही जग्गाभित्र बनेका सबै राजनैतिक पाटी कार्यालयमा भने डोजर चलाइएको छैन । आफुले बनाएका संरचना भत्काइएपछि व्यापारीहरुले राजनैतिक पाटी कार्यालयमा पनि डोजर चलाउनुपर्ने माग राखेका छन् ।
यसरी चल्यो डोजर
नगरपालिकाका कर्मचारी टोली बुधबार विहान डोजर लिएर निस्क्यो ।। उक्त टोली ११ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–६, को घण्टाघर पुग्यो । नगरपालिकाको पूर्व सूचना बमोजिम सरकारी जग्गामा बनेका संरचना भत्काउन नगरपालिकाको टोली डोजर र ट्रिप्पर लिएर त्यहाँ पुगेको थियो ।
नगरपालिकाले बुधबारलाई अन्तिम मिति दिएर सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा भाडा लिएर बनाइएका संरचनाहरु भत्काउन निर्देशन दिएको थियो । उक्त निर्देशनमा यी जग्गामा विभिन्न व्यक्तिले भाडामा लिएर व्यवसायिक प्रयोजनका लागि बनाइएका संरचनाहरु खालि गर्नुपर्ने अन्यथा नगरपालिकाले डोजर प्रयोग गरेर भत्काइ दिने चेतावनी दिएको थियो ।
पुनः सचेतनाका लागि नगरपालिकाले सोमबारबाट नगर क्षेत्रमा माइकिङ्ग गर्दै संरचना खालि गराउन आह्वान गर्दै आएको थियो । तर, व्यवसायीले अटेर गरेपछि घण्टाघर क्षेत्रमा बनेका संरचनामा नगरपालिकाले डोजर चलाउन सुरु ग-यो । संरचना खालि गर्न अल्टिमेटम दिएको लामो समयसम्म पनि अटेर गरेका व्यवसायी शनिबारदेखि नगरपालिकाका विरुद्धमा उल्टै आन्दोलित बनेका थिए ।
पटक–पटक सूचना प्रकाशित गरेर विकल्प खोज्न नगरपालिकाले आग्रह गरेपनि शक्तिको आडमा नगरपालिकालाई व्यवसायीले आजित बनाएपछि वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकाल अन्ततः डोजर चलाउने निर्णयमा पुगेकी हुन् । ढकालको उक्त निर्णयलाई लिएर नगरपालिका र व्यवसायी बिच केही बेर घम्साघम्सी हुनुका साथै व्यवसायीले संरचना हटाउन पुगेको नगरपालिकाको डोजरमाथि ढुङ्गामुढा गरेका थिए । ढुङ्गामुढाले डोजरको सिसामा पूर्णरुपमा क्षति पुग्यो भने चालकसहित नगरकका तीन जना कर्मचारी घाईते भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच