आलुको ब्राण्डिङ र बजारीकरण गर्दै गण्डकी

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । चालु आर्थिक वर्षमा बागलुङमा आलुको व्यावसायिक खेती प्रर्बद्धनका लागि बिउँदेखि बजारीकरण सम्म किसानलाई अनुदान दिन थालिएको छ । बागलुङका १० वटै पालिका समेट्नेगरी समूह र सहकारी मार्फत आलुखेतिको व्यावसायीकरण गर्न थालिएको छ ।

१५० हेक्टर जग्गामा आलु खेती विस्तार गर्न रैथाने र उन्नतजातको आलुको बिउँ प्रदान गर्ने, आलु गोडमेलमा यन्त्रिकरणको प्रयोग गर्ने, सिचाईको व्यवस्था गर्ने आलु खन्ने औजार वितरण गर्नेदेखि उत्पादनका आधारमा अनुदान र बजारीकरणमा सहयोग पु¥याउनेगरी कृषि ज्ञान केन्द्रले धमाधम आलुखेती विस्तारका लागि किसानलाई प्रेरित गरेको छ ।

कृषि ज्ञान केन्द्र बागलुङले गण्डकी प्रदेश सरकारको आलु प्रर्बद्धन कार्यक्रम अन्र्तगत बागलुङको उच्च पहाडी क्षेत्रको १५० हेक्टर जग्गमा आलु लगाउन बिउँ देखि उत्पादन भएको आलुको बजारीकरणको व्यवस्था मिलाएको छ । आलुको उत्पादन देखि बजारीकरण गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा खायन आलु उत्पादन प्रवद्र्धन कार्यक्रम गर्न रु. तीन करोड ६० लाख बजेट बिनियोजन भएको थियो ।

बागलुङमा आलुको प्रर्बद्धन गर्नका लागि हाल सम्मकै ठूलो बजेट बिनियोजन भएपछि किसानहरु हर्षित भएर योजना कार्यान्वयनमा लागेका छन् । कृषि ज्ञान केन्द्र बागलुङका बाली विकास अधिकृत कुमार पुनका अनुसार आलुको व्यावसायिक उत्पादन संगै आलु निर्यात गर्ने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले आलु किसानलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

“ढोरपाटन, तमान, निसी लगायतका उच्च पहाडी क्षेत्रमा आलु खेती भइरहेकै छ, तर बजारीकरणमा भइरहेको समस्यालाई समेत अहिले यही योजना मार्फत कार्यान्वयन गर्न थालेका छौं, एक वर्ष किसानले लगाउने आलुको बिउँ, आलु लगाउन यन्त्रिकरण दिने देखि आलुको उत्पादनका आधारमा अनुदान दिएर बजार सम्म लैजाने काम गर्नेछौं” पुनले भन्नुभयो “आलुको क्षेत्रमा आएको हालसम्मकै उच्च बजेट भएकाले १५० हेक्टर जमिनका आलु किसानहरु उत्साहित हुने र आगमी दिनमा समेत आलुको उत्पादन बढाउने हाम्रो लक्ष्य हो ।”

आलुको बिउँदेखि बजारीकरण सम्मको कामका लागि जिल्लाभरका ६४ समूह र सहकारीसंग सम्झौता भइसकेको पुनले बताउनुभयो । उक्त कार्यक्रम सामूह र सहकारी मार्फत गर्दा धेरै किसानहरु लाभान्वित हुँने उहाँको भनाई छ । उक्त कार्यक्रममा समावेश हुनका लागि न्यूनतम ३० रोपनी जग्गामा आलुखेती गर्न आवश्यक हुन्छ । अधिकांश सम्झौता भइसकेका किसानलाई बिउँ दिन थालिएको पुनको भनाई छ ।

बागलुङ जिल्लाको ढोरपाटन, निसेलढोर, तमानखोलाको लाममेला, नर्जाखानी, निसीखोलाको भल्कोट, सिप, गलकोटको पाण्डखानी, बडिगाडा रणसिंह कटेनी, ताराखोला, बरेङको सल्यान र सुखौरा लगायतको क्षेत्रमा आलुको उत्पादन बढाउन उक्त कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा समावेश भएका सहकारी र कृषिक समूहलाई आलुको बिउँ, औजार, सिचाई, आलु खन्ने मेशन, बजारीकरणका लागि क्यारेट, विषादी सम्मको सहयोग ज्ञान केन्दले गर्ने गर्दछ ।

बागलुङको उच्च भागमा पाइने आलु निकै स्वादिष्ट मानिन्छ । बागलुङ जिल्लाको ढोरपाटन, ताराखोला, निसीखोला, तमानखोला लगायतको स्थानमा पाइने आलु निर्यात बढाउन आलु प्रर्बद्धन कार्याक्रमले ठूलो सहयोग पु¥याउने छ । चालु आर्थिक वर्षमा खायन आलु उत्पादन प्रवद्र्धन कार्यक्रमका लागि मात्रै ज्ञान केन्द्रले रु.३ करोड ६० लाख बजेट विनियोजन गरेकोे छ । यो कृषि ज्ञान केन्द्रको लागि छुट्टाइएको कुल बजेटको झन्डै आधा बजेट हो ।

बागलुङको आलुको ब्राण्डिङ गर्न अहिलेको कार्यक्रमले सहयोग गर्ने छ । स्थानीय आलु कहिएर जाने, बाहिरका आलु बजारमा भित्रिने किसानको गुनासो आएपछि एकैपटक धेरै आलु उत्पादन हुने स्टोर गरेर राख्दा कुहिने भएकाले किसानले भनेजस्तो मुल्य नपाउने समेत आवस्थामा गण्डकी प्रदेश सरकारको प्राथमिकता आलु प्रर्बद्धनात्मक कार्यक्रम पर्नु किसानका लागि सुखद् रहेको छ ।

रैथाने आलु र उन्नतजातको आलुको उत्पादन बढी हुने भएकाले यस पटक खायन आलुको उत्पादन बढ्ने भएको हो । गण्डकी प्रदेशलाई आलुमा आत्मनिर्भर गराउने, आलुको ब्राण्ड गर्ने र पहाडी जिल्लामा खायन आलुको प्रर्बद्धन गर्ने उदेश्य राखेर यसवर्ष आलुलाई छुट्टै बजेट बिनियोजन गरेको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

अघिल्लो बर्ष बागलुङमा ३ हजार ६५५ हेक्टर जमिनमा आलु लगाईएको थियो । त्यसबाट ५९ हजार ६५० मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो वर्ष आलु उत्पादन १० प्रतिशतले बढ्ने देखिएको छ । उत्पादित आलु मध्ये ३० प्रतिशत घर खान प्रयोग हुने र ७० प्रतिशत आलु कृषकले बिक्रि गर्ने गर्दछन् । आलुबाट कृषकलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्न खायन आलु कार्यक्रमले सहज हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?