सुनको मूल्य घट्यो

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली बजारमा आज सुन मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु चार सयले घटेर प्रतितोला रु एक लाख २५ हजार चार सय कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार आठ सय थियो ।

त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु चार सयले घटेर प्रतितोला रु एक लाख २४ हजार आठ सय कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार दुई सय थियो ।

बिहीबारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला रु एक हजार पाँच सय १५ कायम भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?