नयाँ दिल्ली । निर्वाचन आयोगले भारतमा लोकसभा निर्वाचनको मिति घोषणा गरेको छ ।
आयोगका अनुसार चुनाव १९ अप्रिलबाट सात चरणमा हुने भएको छ । लोकसभाले ५ वर्षे कार्यकाल मे महिनामा पूरा गर्दैछ ।
७ चरण मध्ये पहिलो चरणमा १९ अप्रिल, दोस्रो चरण २६ अप्रिल, तेस्रो मे ७, चौथो मे १३, पाँचौं २० मे, छैटौं र २५ मेमा सातौं चरणमा मतदान हुँदैछ ।
कार्यतालिकाअनुसार पहिलो चरणको मतदान १९ अप्रिलमा हुनेछ । त्यसपछि दोस्रो चरण २६ अप्रिलमा हुने छ । तेस्रो चरण ७ मेमा, चौथो चरण १३ मे, पाँचौ चरण २९ मे र छैठौं चरणको मतदान २५ मेका दिन हुनेछ ।
सातौं चरणको मतदान जुन–१ का दिनहुनेछ । अप्रिल १९ बाट सुरु भएर जुन १ मा मतदानसकिने मुख्य निर्वाचन आयुक्त राजीव कुमारले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।
८५ वर्षभन्दा माथिका सबै मतदाता वा अपाङ्गता भएका मतदातालाई घरमै बसेर मतदान गर्नका लागि फारम पठाइने आयोगले जनाएको छ। सोही उमेरसमूहका मतदाता बुथमा आएपछि आयोगको स्वयंसेवकहरूले तिनीहरूलाई मतदान गर्न सहयोग गर्ने बताइएको छ ।
मतगणना असार ४ गते हुनेछ । यससँगै ४ राज्यमा विधानसभा चुनाव हुनेछ । यसमा ओडिशा, सिक्किम, अरुणाचल प्रदेश र आन्ध्र प्रदेश समावेश छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच