भोजपुर । भोजपुर नगरपालिका वडा नम्वर १२, टक्सारको मालबाँसेमा आगलागी हुँदा एघार घर जलेर नष्ट भएका छन् ।
शनिवार दिउँसो करिव तीन बजे तिर जंगलबाट लागेको डढेलो स्थानीय बासिन्दाहरुको ढुंगा, माटो र फुसको छानो भएको घरमा आउँदा बस्तीका घर र गोठ जलेर नष्ट भएको हो ।
आगलागीबाट सात वटा घर र चार वटा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगलागीबाट स्थानीय कमल कार्कीको दुई तले घर पुर्णरुपमा जलेर नष्ट भएको छ । यस्तै नरबहादुर कार्कीको दुई तले घर र गोठ, पदम कार्कीको दुई तले घर र एक गोठ, बिशाल कार्कीको दुई तले घर र गोठ, गजेन्द्र कार्कीको दुई तले घर, गोठ पुर्णरुपमा जलेर नष्ट भएको छ भने खाली रहेको मिना श्रेष्ठ र कृष्ण बस्नेतको घर पनि जलेर नष्ट भएको प्रहरी निरीक्षक विशाल लिम्बुले जानकारी दिनुभयो ।
डढेलोका कारण आगलागी भएकाले पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । आगलागी नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय, टक्सार बिमानस्थल सुरक्षा चौकी, नेपाली सेना सशस्त्र प्रहरी र स्थानीयवासी जुटेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । हावाहुरीका कारण भएको आगलागी पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले बताउनुभयो ।
आगलागी पूर्णरुपमा नियन्त्रणमा आईनसकेकाले क्षतिको बिवरणहरु संकलन गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच