काठमाडौं। काठमाडौं जिल्ला अदालतले थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरेको आरोप लागेकी मानकुमारी सिंहलाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएकाे छ।
गत फागुन ११ उनले उक्त अस्पतालबाट २६ दिनको बच्चा चोरेकी थिईन् । प्रहरीले सोही राति उनलाई पेप्सिकोलाबाट पक्राउ गरेको थियो ।
मानकुमारीले लगातार गर्भ खेर जाँदा आफू डिप्रेसनको शिकार बनेको र होस् गुमेको बेलामा बच्चा घरमा लिएर गएको बयान दिएकी थिइन् ।
दैलेखकी २७ वर्षीया सिंहविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा अभियोग पत्र दायर भएको थियो।
काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठ आफ्नो शिशु चोरी भएको भन्दै प्रहरीलाई मौखिक सूचना दिएपछि प्रहरीले सोही दिन खोजी सुरु गरेको थियो ।
फागुन ११ गते दिउँसो प्रसुति गृहको अस्पतालबाट एक महिलाले लगिरहेको सिसिटिभी फुटेजका आधारमा चोरी गर्ने मानकुमारीसहित बच्चा फेला परेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच