खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा रहेको सरस्वती माध्यमिक विद्यालयले व्यवस्थापन समिति अध्यक्ष पाएको छ । निर्वाचन प्रक्रियाबाट चारजना निर्वाचित भइसकेको दश महिनामा अन्य दुईजना मनोनित गरेपछि विद्यालयले शनिबार विव्यास अध्यक्ष पाएको हो ।
शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ अनुसार निर्वाचित चारजना विव्यास सदस्यले बुद्धिजीवी, संस्थापक र चन्दादाता मध्येबाट पुरुषमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलका फुर्वादोर्चि शेर्पा र महिलामा दिक्तेलकी शर्मिला विश्वकर्मालाई मनोनित गरेपछि सर्वसहमतिमा लफ्याङकी इन्दिरा बस्नेत अध्यक्षमा चयन हुनुभएको हो । बस्नेतले यसअघि भएको निर्वाचन प्रक्रियामा १६७ मत ल्याउनु भएको थियो ।
२७ जेठमा निर्वाचन प्रक्रियाबाट १६० मत पाउनुभएकी सोल्माका अकेला राई र १४० मत पाएका दिक्तेलका डोरनाथ आचार्यबीच विव्यास अध्यक्षमा दाबेदारी भइरहँदा बस्नेतले सहमतिमै विव्यास अध्यक्षको जिम्मेवारी पाएको निकटस्थ स्रोतले बताएको छ ।
अकेला र डोरनाथबीच अध्यक्षमा कुरा नमिल्दा नै शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ अनुसार निर्वाचित विव्यास चारजना सदस्यले बुद्धिजीवी, संस्थापक र चन्दादाता मध्येबाट एकजना पुरुष र एकजना महिलालाई सदस्यमा मनोनित गर्नै सकस भएको थियो ।तर, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले गत बुधबार विद्यालयलाई पत्रचार गर्दै लामो समयसम्म पनि विव्यास अध्यक्ष चयन गर्न नसक्नुको कारण तीन दिनभित्र पेश गर्न भनेपछि विव्यासको टुंगो लागेको हो ।
शिक्षा नियमावली अनुसार निर्वाचित चारजना सदस्यबाटै विव्यास अध्यक्ष चुन्नुपर्ने हुन्थ्यो तर, निर्वाचित सदस्यद्धय अकेला र डोरनाथमध्ये एकले अर्कोलाई नस्वीकार्दा विद्यालयले दश महिनासम्म निर्वाचितमध्ये ज्येष्ठ सदस्य नारायण राईले विव्यासको अध्यक्षता गरिरहेको थियो ।जिल्लाको सदरमुकाम तथा नगरपालिकाको केन्द्रमा रहेको विद्यालयमा राजनीतिक खिचातानीका कारण विव्यास अध्यक्ष पाउन लामो समय लागेको बताइएको छ । नेताहरूले राजनीतिक पावर सो गर्ने ठाउँ नै अहिले समाविलाई बनाएको स्रोतको भनाइ छ ।
‘बल्ल विद्यालयले विव्यास अध्यक्ष पायो, अब विद्यालय सुधार गरिनेछ । विद्यालयका स्थायी शिक्षकहरू निजी विद्यालयको शेयर सदस्य रहेको, अध्यक्ष रहेको भन्ने जानकारी आएको छ । एकजना सदस्यले भन्नुभयो, ‘त्यसको छानबिन गर्छांै, आफू स्थायी शिक्षक छ अनि छोराछोरी निजी विद्यालय पढाएको छ । आफूजस्तै शिक्षकले पढाएको विश्वास नलागेर निजी विद्यालयमा पढाएको देखियो । यो राम्रो भएन । यसको सुधार गर्छौं ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच