अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा चार जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिवन्धित अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा प्रहरीले काठमाडौंबाट चार जना पक्राउ गरेकाे छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा पक्राउ गरी सार्वजनिक गरेको हाे ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल-८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, काभ्रेको मण्डनदेउपुर नगरपालिका-१० घर भएकी २६ वर्षीया सरिता लामा, नुवाकोटको शिवपुरी-१ घर भएका २८ वर्षीय तेम्बा लामा र  खोटाङको हलेसी तुवाचुङ गाउँपालिका बाहुनीडाँडा घर भएकी २३ वर्षीया पूर्णिमा राईलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेकाे हाे ।

उनीहरुबाट अनलाइन गेम खेलाउन प्रयोग भएका ५ थान ल्यापटप र ११ थान मोबाइलसमेत बरामद भएकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?