
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राजनीतिक प्रणाली र पूर्ण समानुपातिक संसद् आवश्यक रहेको बताउनु भएको छ ।
विशेष पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले आफूहरु अब यिनै विषयलाई लिएर जनताका माझ जाने समेत बताउनु भयो ।
आफूहरु कुनै पनि पार्टीमा जाने वा नेसपा र अर्को कुनै पार्टीबीच एकता हुने भन्ने कुरामा कुनै सत्यता नरहेको बताउँदै डा. भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको गलत प्रचार गरेको समेत बताउनु भयो ।
अध्यक्ष डा.भट्टराईले केही मान्छे पार्टीमा प्रवेश गरेको कुरालाई पार्टी एकताको प्रचार गरेर प्रधानमन्त्री प्रचण्डले जालसाजी गरेको टिप्पणी समेत गर्नुभयो ।
अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षतर्फ लक्षित गर्दै उहाँले वार्ता समितिको संयोजक आफैँ भएको अवस्थामा आफूहरूलाई थाहै नदिई पार्टी एकताको नाम दिएको भट्टराईको आरोप थियो ।
यादवलगायत नेता छुट्टिएको विषयलाई आफूहरूले ठूलो कुरा नमानेको उहाँको भनाइ थियो। केही साथीहरू जानु ठूलो विषय नभएको भन्दै उहाँले जाने साथीहरूलाई फूलमाला लगाएर बिदाई गर्ने पद्धति बसाउन खोजेको समेत बताउनु भयो ।
नेता भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने फोहोरको थुप्रोमा बसेर सफा गर्न लागिपरेको टिप्पणी गर्नुभयो । उहाँले लामिछाने आफैं फोहोरमा फस्ने सम्भावना रहेको समेत बताउनु भयो ।
‘नयाँ वैकल्पिक शक्तिको रुपमा उहाँ (रवि) को उदय भएको छ । फोहोरको थुप्रोमा बसेर त्यसैलाई सफा गर्छु भन्दा आफैं फस्ने सम्भावना छ,’– उहाँले भन्नुभयो ।
नेसपालाई आगामी दिनमा चुम्बकीय केन्द्र बनाउने बताउँदै उहाँले नयाँ वैकल्पिक शक्तिहरुलाई आगामी दिनमा आफ्नो वरपर राख्ने हैसियत निर्माण गर्ने पनि बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच