‘डिग्री माइला’मा आँचल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’ मा अभिनेत्री आँचल शर्मा अनुबन्धित हुनुभएको छ । निर्माण टिम र आँचलबीच आइतबार बाँसुरी फिल्मस्को अफिसमा औपचारिक रुपमा लिखित सम्झौता भएको हो । यो चलचित्र आगामी नयाँ वर्षको अवसरमा नेपालसहित विश्वभरका सिनेमा घरमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको निर्माण पक्षले आँचलबाहेक अन्य काष्ट एण्ड क्रु भने सार्वजनिक गरेको छैन । ‘डिग्री माइला’ नाटकमा आधारित रहेर यो चलचित्र निर्माण हुन लागेको हो ।

यो नाटकको मुख्य भूमिकामा दयाहाङ राई हुनुहुन्थ्यो ।
चलचित्रको छायांकन असोजमा पहिलो सेड्युल र मंसिरमा दोस्रो सेड्युल हुने बताइएको छ । निर्माण पक्षले यस चलचित्रको स्लोगने ‘किन चाउरियो मरिच आफ्नै रागले’ दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?