काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले संसदमा प्रस्तुत संघीय निजामती सेवा सम्बन्धि विधेयक जस्ताको तस्तै पारित हुने सम्भावना नरहेको बताउनुभएको छ ।
बुधवार ललितपुरमा आयोजित संघीय निजामती सेवा विधेयकसम्बन्धि छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
सभापति खतिवडाले विज्ञहरुसँग वृहत छलफल गरेर मात्रै सो विधेयकलाई अघि बढाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले सो विधेयकबारे हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा आफू नरहेको पनि स्पष्ट पार्नुभयो ।
सभापति खतिवडाले भन्नुभयो, ‘यो धेरै पहिले निर्माण भएको निजामती सेवा सम्बन्धि विधेयक अहिले फेरि संसदमा प्रश्तुत भएको छ । त्यसमा धेरै चरणहरु बाँकि छन् । यसमा हामी पनि सहमती छौ कि यो जस्ताको तस्तै पारित हुने सम्भावना कम देखेको छु । म राज्य व्यवस्था तथा सुशासन समितिको हैसियतमा मैले सरसर्ती हेर्दाखेरी त्यो देखेँ । सरकार तीन तहको भनेर संविधानमा हामीले घोषणा गरिसकेका छौं । संविधानमा त्यही उल्लेख गरिएको छ । संघ छ, प्रदेश छ, स्थानीय तह छ । स्थानीयलाई संघमा ल्याउने, नल्याउने । अघिनै भनियो, प्रदेशलाई प्रदेशको अधिकार दिने, नदिने ? यावत विषयहरु छन । यी सबै विषयमा हामी अहिले लामो समय पछाडि आएकाले हतारमा निर्णय गरेर पछि पछुताउने अवस्थामा जान नपरोस भन्ने मेरो व्यक्तिगत धारणा छ । म यसबारेमा तपार्इंहरुसँग पनि सहकार्य गरेर, तपाईहरुसँग पनि छmलफल गरेर यस्ता प्रवुद्ध व्यक्तिहरुलाई समितिनै बोलाएर एक दिन वृहत रुपमा छलफल गर्नेछु । मुख्यसचिव, मन्त्रीसहित राखेर हामी छलफल गर्छौ । र, विशेष गरी कर्मचारी हकहितको लागि त छदैछ । त्यो सँगै यसलाई जनतासँग सरोकार राख्ने कसरी बनाउन सकिन्छ ? त्यसमा पहलकदमी हृुन्छ भनेर म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु ।’
सभापति खतिवडाले जनताका समस्या समाधान हुने गरी सो विधेयकलाई अघि बढाउन आफू लागि पर्ने पनि बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच