म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारबाट सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि को ११औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित भएका छन् ।
सहकारीका सेयर सदस्यलाई लक्षित गरी आयोजित निःशुल्क सुगर,प्रेसर र दाँत चेकजाँच शिविरमा दुई सय नौ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
शिविरको उद्घाटन गदैं सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीले वित्तिय सेवामात्रै नभई सहकारीले सेयर सदस्य लक्षित स्वास्थ्य लगायतका सामाजिक कार्यमा समेत केन्द्रित हुनुपर्ने बताउनुभयो ।
उहाँले सहकारीका सञ्चालन, कर्मचारी इमान्दार भएको सहकारी कहिल्यै कमजोर अवस्थामा नपुग्ने भएकाले सहकारीका सेयर सदस्यको समेत निगरानी आवश्यक रहेको बताउनुभयो।
स्थापना दिवसको अवसरमा प्रमुख अतिथि सहकारी संघका अध्यक्ष कार्की र सहकारीका सल्लाहकार पुष्कलबहादुर जोशी,तेजबहादुर भण्डारी र चन्द्रबहादुर क्षत्रीले केक काटेर संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
शिविरमा सुगर,प्रेसर र दाँतको चेकजाँच तथा अन्य स्वास्थ्य समस्याका बारेमा समेत जानकारी गराइएको थियो । शिविरमा बेनी अस्पतालका मेडिकल अधिकृत डा. गोविन्द पोख्रेल,कोर स्माईल डेन्टल क्लिनिकका डा. मोचन श्रेष्ठ र बेनी अस्पतालमा ल्याब टेक्निसियन सिताराम श्रेष्ठले चेकजाँच गर्नुभएको थियो ।
सहकारीले स्थापना दिवसको अवसरमा बेनी अस्पतालमा रक्तदान, बालगृहका बालबालिकालाई सहयोग सहित सहकारी सदस्य केन्द्रित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताउनुभयो ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच