काठमाडौं । आयरल्याण्ड‘ए’विरुद्धको दोस्रो टी–२० अभ्यास खेलमा नेपाल विजयी भएको छ ।
आयरल्याण्ड‘ए’लाई ७१ रनले पराजित गर्दै नेपालले उक्त शृङ्खलाको उपाधि जितेको हो ।
आजको खेलमा नेपाली ब्याटरले उत्कृष्ट प्रदर्शन गरे । सर्वाधिक स्कोर ४६ रन बनाएका गुल्शन झाले बाउड्रीको वर्षा गराए । उनले एक चौका र ४ छक्का प्रहार गरे । अर्का ब्याट्स मेन कुशल मल्लले १३ बल खेल्दै १ चौका र ४ छक्का नै हिर्काए । कुशल भुर्तेलले १६ बल खेल्दा २ चौका र २ छक्का हानेका थिए भने उनी २५ रनमा आउट भए । त्स्तै आसिफ शेख र सन्दीप जोराले पनि एक एक छक्का प्रहार गरे । सन्दीपले ३ चौका समेत हाने । उनले १० बल खेल्दै २१ रन बनाए ।
यसअघि पहिलो खेलमा पनि नेपालले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।
आजको खेलमा नेपालले आयरल्याण्डलाई जितको लागि एक सय ९९ रनको लक्ष्य दिएको थियो । जवाफमा आयरल्याण्डको पारी १८ दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै एक सय २७ रनमा समेटियो ।
आयरल्याण्डका लागि स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए । उनले १३ बलमा चार चौका र एक छक्का प्रहार गरे । यस्तै मोर्गन टपिङ्गले २१, केड कारमाइकलले १८ तथा कप्तान निल रकले १७ रन बनाए ।
बलिङतर्फ नेपालका कुशल मल्ल र सोमपाल कामीले तीन तीन तथा विवेक यादव, कुशल भुर्तेल र करण केसीले एक एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनायो ।
बलिङतर्फ आयरल्याण्ड ‘ए’ का म्याथ्यु फस्टरले तीन, बेन ह्वाइटले दुई तथा फिन ह्यान्ड र गेभिन होईले एक एक विकेट लिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच