
इटहरी । ‘जुनियर मिष्टर एण्ड मिस इटहरी’को उपाधि आर्या बस्नेत र मनन लुइँटेलले चुम्नुभएको छ । बस्नेतले बालिका र लुइँटेलले बालकतर्फको उपाधि चुम्नुभएको हो । उपाधिका साथ दुवैले २५/२५ हजार नगदसमेत हात पार्नुभएको छ ।
प्रतियोगितामा बालिकातर्फ नुमा राई फष्ट रनरअप, सृष्टि दाहाल सेकेण्ड रनरअप बन्दा दिव्यान्शी पोख्रेलले पब्लिक च्वाइसको अवार्ड प्राप्त गर्नुभयो । बालकतर्फ भने दक्षित सुवेदी फष्ट रनरअप, गौरव गिरी सेकेण्ड रनरअप हुँदा सामिप्य श्रेष्ठले पब्लिक च्वाइस अवार्ड हात पार्नुभयो । ड्रिम मोडलिङ एजेन्सीको आयोजना रहेको बालक र बालिका गरेर ५८ बालबालिकाको सहभागिता थिए ।
सबै सहभागीले ¥याप वाक, स्पिङ कलालगायत प्रशिक्षणसहित कार्यक्रममा सहभागी भएको निर्देशक सौरभ मान भण्डारीले जानकारी दिनुभयो । प्रतियोगिताको कोरियोग्राफर एलिना थापा र प्रसना राउत गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच