पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका –१ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ख्याहास्थित लप्सीखोलाका १९ वर्षीय सागर (देवलाल) सार्की रहेका छन् ।
उनले मंगलबार दिउँसो १२ बजे हत्या गरेको शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ । ती किशोरले प्रहरीसमक्ष किशोरीले लुगा धोएर फर्कदैँ गर्दा सामान्य विवादभएपछि रिस थाम्न नसकेर धारिलो हसियाले हत्या गरेको स्विकारेका छन् ।
प्रहरीले यसबारे पत्रकार सम्मेलन गरेर पुष्टि गरेको छ । स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत पदमा मंगलबार बिहान कपडा धुन भन्दै लप्सीखोलास्थित धारामा एक्लै गएकी थिइन् ।
आफ्नै घरको गोठमा काम गर्दै गरेका देवलाल पनि सोही धारामा पुगेका थिए । पदमाले धारामा धोइसकेका लुगा डोकोमा हाल्दै गर्दा मृतकसँग सामान्य विवाद भएको थियो । विवादपछि पदमाले लुगा लिएर घर जाँदै गर्दा देवलालले धाराबाट २०० मिटर पश्चिम खुलखुले गैरामा पुगेर अकस्मात पछाडीबाट साथमा रहेको धारिलो हसिया प्रहार गरेको अनुसन्धानबाट खुलेको छ । किशोरले सामन्य विवादमा रिसको आवेगमा आई निर्ममता पूर्वक पटक–पटक गरी हसिया प्रहार गरी मारेको अनुसन्धानबाट खुल्न आएको पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘किशोरले ति किशोरीलाई पहिलो पटक बाँया पाखुरा, टाउको र पछाडी खप्परमा हसिया प्रहार गरेका छन्,त्सपछि मृतक बाटोबाट अन्दाजी २० मिटर तल खरबारीमा घस्रिदै गई घोप्टो अवस्थामा पुगेकोमा ति किशोरले त्यही पुगी पुनः मृतकको टाउकोमा २३ पटक हसिया प्रहार गरेको देखिन्छ ।’ उनले मृतकको मोबाइल समेत लगेको बताइएको छ । के कारण विवाद भएको भन्नेबारे खुलिसकेको छैन ।
शंकाको आधारमा घटना घटेकै दिनदेखि प्रहरीले देवलाललाई निगरानीमा राखेको थियो ।
बुधबार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा गार्ड, केनाईन शाखा भैरहवाबाट तालिम प्राप्त कुकर समेत मगाई अनुुसन्धान गरी थप प्रमाण सहित देवलालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत जानकारी गराउनुभयो ।
देवलालको कोठाबाट उनले हत्या गर्दा प्रयोग गरेका लुगा, हसिया र मृतकको मोबाईल समेत बरामद गरिएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो । मंगलबार बिहान नुहाउन गएकी ति किशोरी अबेरसम्म पनि घर नफर्किएपछि परिवारले खोजी गरेका थिए । खोजी गर्ने क्रममा घरभन्दा केही टाढा रहेको खरबारीमा उनको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो । शुक्रबार देवलाललाई प्रहरीले मुद्दा दर्ता गरेर म्याद थपका लागि अदालत पठाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच