इजरायल र हिजबुल्लाहबीचको आक्रमणमा ७ जना मारिए

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । इजरायल र हिजबुल्लाहबीचको आक्रमणमा ७ जना हिजबुल्लाह र अमल आन्दोलनकर्मीहरुको मृत्यु भएको छ । नाकोरा र टायर हर्फामा ७ जना हिजबुल्लाह र अमल आन्दोलनकर्मी मारिएको बताइएको हो ।

हिजबुल्लाहले उत्तरी इजरायलका दुईवटा बस्तीहरूमा आक्रमण गरेको थियो । हिजबुल्लाहले गाजाको समर्थनमा लिमानमा नयाँ निर्मित कमाण्ड सेन्टरलाई निशाना बनाइ आक्रमण गरेको थियो ।

हमासको इस्लामी प्यालेस्टिनी समूहद्वारा अल अक्सा फ्लड अपरेसन शुरु भएदेखि लगभग दैनिक हिंसा हुने गरेको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?