
अर्जेन्टिना । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अहिले नै फुटबलबाट सन्न्यास लिने योजना नरहेको बताउनुभएको छ । उमेरका कारण खेलबाट सन्न्यास लिने बेला भइरहेको भन्ने चर्चाका बीच ३६ वर्षीय मेसीले आफ्नो सन्न्यासमा उमेरले कुनै भूमिका नखेल्ने बताउनुभयो ।
‘मैले कहिले राम्रो खेलिनँ, फुटबलमा रमाउन सकिनँ र टिमका सहकर्मीलाई सहयोग गर्न सकिनँ भन्ने मलाई थाहा हुन्छ । म धेरै आत्मालोचना गर्छु । मलाई कहिले राम्रो भएको छ र कहिले नराम्रो भइरहेको छ भन्ने थाहा हुन्छ,’ एक पोडकास्ट कार्यक्रममा मेसीले भन्नुभयो, ‘यदि मैले नराम्रो खेलेँ भने र मलाई सन्न्यासको घोषणा गर्नुपर्छ भन्ने लाग्छ, म मेरो उमेर नसोची यो कदम चाल्नेछु ।’
मेजर लिग सकर (एमएलएस)मा इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहनुभएका मेसी आठपटकका बालोन डिअर विजेता हुनुहुन्छ । उहाँले अर्जेन्टिनालाई सन् २०२२ को विश्वकप उपाधि दिलाउनुभएको थियो । स्पेनिस क्लब बार्सिलोनामा अधिकांश व्यावसायिक करियर बिताउनुभएका मेसीले सन् २०२१ मा क्याटालन क्लब छाड्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच