
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल)मा शनिबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सले जित हात पारेको छ ।
टस जिटेर पहिला ब्याटिङ गरेको लखनउले दिएको २०० रनको लक्ष्य पूरा गर्न नसक्दा पञ्जाब किंग्स २१ रनले पराजित भएको हो। पूरै २० ओभेर खेलेको पञ्जाब पाँच विकेटको क्षतिमा १७८ रनमा समेटिएको हो।
टस जितेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन बनाएको थियो। लखनउका क्विन्टन डि काकले सर्वाधिक ५४ रन बनाए। ३८ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।
कप्तान निकोलस पूरन ४२, मार्कस स्टझयनिस १९ र केएल राहुल १५ रनमा आउट हुँदा क्रुनाल पाण्ड्या ४३ रनमा अविजित रहे। पञ्जाबका सैम करनले सर्वाधिक ३ विकेट लिए। अर्शदीप सिंहले २ विकेट लिँदा कगिसो रबाडा र राहुल चाहरले १–१ विकेट हात पारे।
२०० रनको लक्ष्य पछ्याएको पञ्जाबका लागि कप्तान शिखर धवनले ५० बलमा ७० रनको शानदार अर्धशतक बनाए। तर त्यो जितका लागि पर्याप्त भएन। जोनी बेयरस्टोले २९ बलमा ४२ र प्रभसिमरन सिंहले १९ रन जोडे। लियाम लिभिङस्टोनले नटआउट २७ रन जोड्दा शशांक सिंह ९ रनमा नटआउट रहे। सैम करन भने शून्य रनमै आउट भए।
पञ्जाबलाई सस्तैमा समेट्न लखनउका मयंक यादवले ३ र मोहसिन खानले २ विकेट हात पारे। यो जितसँगै लखनउले आईपिएलको यो सिजनमा पहिलो जित निकालेको छ। उसले दुई खेलमा दुई अंक जोडेको छ। तीन खेल खेलेको पञ्जाबसमेत दुई अंकमा सीमित छ।
आईपिएल अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। पहिलो खेलमा गुजरात टाइटन र सनराइजर्स हैदरावादको प्रतिस्पर्धा हुनेछ। यो खेल दिउँसो पौने ४ बजे सुरु हुँदैछ। दोस्रो खेल दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबिच हुनेछ। यो खेल राति पौने ८ बजे सुरु हुनेछ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच