
काठमाडौं । नेपालको मानव संसाधन क्षेत्रमा उत्कृष्ट नीति अभ्यास र कार्यसम्पादनबापत एनसेल एचआर मिट २०२४ मा ‘नेसनल एचआर एक्सिलेन्स अवार्ड २०२४’ र ‘एक्सिलेन्स इन लर्निङ एण्ड डेभलपमेन्ट अवार्ड २०२४’ प्राप्त गर्न सफल भएको छ । स्वतन्त्र मानव संसाधन परामर्श कम्पनी ग्रोथ सेलर्स प्रालिद्वारा आयोजित एचआर मिट २०२४ को समारोहमा शनिबार एनसेललाई उक्त अवार्डहरू प्रदान गरिएको हो ।
राष्ट्रिय मानव संसाधन उत्कृष्टता सम्मान अर्थात् नेसनल एचआर एक्सिलेन्स अवार्ड नेपालमा प्रदान गरिने सबैभन्दा ठूलो एचआर अवार्डका रूपमा चिनिन्छ । यसअघि एनसेलले नेसनल एचआर एक्सिलेन्स अवार्ड २०२० पनि जितेको थियो । एनसेल एचआर मिट २०२४ मा दुर्ईवटा विधामा अवार्ड प्राप्त गर्ने एनसेल एकमात्र कम्पनी हो ।
नेसनल एचआर एक्सिलेन्स सम्मानका साथै एनसेललाई ‘एक्सिलेन्स इन लर्निङ एण्ड डेभलपमेन्ट अवार्ड २०२४’ पनि प्रदान गरिएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भन्नुभयो, ‘यो उल्लेखनीय उपलब्धि हामी कसरी आफ्ना श्रमशक्ति केन्द्रित भएर कार्य गर्छौँ भन्ने कुराको एक प्रमाण हो ।
एनसेल परिवारका प्रत्येक सदस्य हाम्रो यो सफलता र उनीहरूको समर्पण तथा योगदानका लागि हृदयदेखि प्रशंसाको हकदार छन् । यी सम्मानका लागि हामी निर्णायक मण्डल र आयोजक ग्रोथ सेलर्सलाई धन्यवाद दिन्छौँ ।’ प्राडा विजय केसी, बिना राणा र रीतु न्याछो सम्मिलित निर्णायक मण्डलले उक्त अवार्डका लागि एनसेललाई छनोट गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच