गोठमा आगलागी हुँदा २ लाख ५० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट

हिमालय टाइम्स
Read Time = 1 min

-मन्जु मैनाली

हेटौंडा । हेटौंडा-१२ स्थित मिलनचोकको एक गोठमा आगोलागी हुँदा २ लाख ५० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सोमबार स्थानीय सोनमायाँ घलानको गोठमा आगोलागी भइ पुर्ण रुपमा जलेर नष्ट हुँदा उक्त धनमाल जलेर क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीकाअनुसार गोठमा रहेको २ वटा बाख्रा जलेर घाइते भएको र मानविय क्षति नभएको बताईएको छ । गोठमा लागेको आगो प्रहरी, स्थानियबासी र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?