
काठमाडौं । नेपाल चलचित्र संघको नवनिर्वाचित कार्यसमितिलाई नेपाल चलचित्र कलाकार संघले बधाई तथा सम्मान व्यक्त गरेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजनागरी संघले बधाई तथा सम्मान व्यक्त गरेको हो ।
बधाई ग्रहण गर्न नेपाल चलचित्र संघका नवनिर्वाचित अध्यक्ष नरेन्द्र महर्जन तथा सदस्य गोपालकाजी कायस्थ सहभागी हुनुभएको थियो । संघको तर्फबाट अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, महासचिव सविन श्रेष्ठ, कोषाध्यक्ष सुनिल कटुवाल, सहकोषाध्यक्ष पवित्रा आचार्यसहित कार्यसमितिको तर्फबाट बधाई ज्ञापन गरिएको थियो ।
पत्रकार तथा गीतकार शान्तिप्रियद्वारा सञ्चालित कार्यक्रममा कलाकार संघका अध्यक्ष मोहन निरौलाको जन्मदिन पनि मनाइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच