
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा रु नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको रेमिट्यान्स वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रेमिट्यान्स वृद्धि २१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि २५ दशमलव तीन प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स वृद्धि १८ दशमलव आठ प्रतिशतले वृद्धि भई सात अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो वृद्धि १४ दशमलव आठ प्रतिशतले बढेको थियो ।
यस वर्ष फागुनसम्म आएको रेमिट्यान्स गत वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशतले धेरै हो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ८६ हजार नौ सय ३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ८४ हजार दुई सय ७८ रहेको छ ।
समीक्षा अवधिमा खुद ट्रान्सफर १८ दशमलव नौ प्रतिशतले वृद्धि भई रु १० खर्ब ४१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३ दशमलव नौ प्रतिशतले बढेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच