विराटनगर । सामाजिक सुरक्षा कोषको परिवर्तित व्यवस्था र कार्यान्वयन तहमा देखिएको समस्या एवं समाधानका सम्बन्धमा कोषका प्रतिनिधि, उद्योगी व्यवसायीबीच अन्तरक्रिया भएको छ । उद्योग संगठन मोरङको आयोजना र कोषको समन्वयमा भएको छलफलमा संगठनका अध्यक्ष राकेश सुरानाले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध उद्योगी व्यवसायीले कार्यान्वयन तहमा भोगेका समस्या समाधान गरी नीतिगत स्पष्टता हुनुपर्ने बताउनुभयो । कोषमार्फत् प्रदान गर्दै आएको स्वास्थ्य बिमा सुविधामा परिवारका अन्य आश्रितलाई पनि समेटी दायरा फराकिलो पार्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उद्योगी व्यवसायीको समेत सामाजिक सुरक्षाको प्रत्याभूत हुने गरी कोष स्थापना हुनुपर्नेमा अध्यक्ष सुरानाको सुझाव थियो । कोषका निर्देशक उत्तमराज नेपालले कोषको कानुनी आधारलाई समयसापेक्ष सुधार गरी सामाजिक सुरक्षालाई व्यापक र प्रभावकारी बनाउँदै लगिने बताउनुभयो । कोषमा आबद्ध सबैको सामाजिक जोखिम न्यूनीकरण गरी सामाजिक सुरक्षाको सुनिश्चित गर्ने कार्यमा कोष प्रतिबद्ध रहेको उहाँले आश्वस्त पार्नुभयो ।
उद्योग प्रतिष्ठान र सेवा प्रदायक अस्पतालका प्रतिनिधिहरूको सहभागितामा भएको अन्तरक्रियामा उद्योगी व्यवसायीले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, दुर्घटना सुरक्षा योजनाका व्यवस्थाको सेवा उपभोगका क्रममा भोग्नुपरेका समस्या समाधानका लागि कोषलाई सेवा प्रदायक अस्पतालसँग समन्वय गर्न आग्रह गरेको संगठनले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच